भारतीय ब्रान्ड ‘जेके’को ओटीआर टायर नेपालमा
काठमाडौं । भारतको टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारमा डेल्टा डिष्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको हो ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले एक कार्यक्रमका बीच जेकेको ओटीआर टायर सार्वजनिक गरेका हुन् । सो अवसरमा उनले भने, ‘नेपाली बजारमा विकास निर्माणमा प्रयोगका लागि प्रशस्तै हेभी इक्विपमेन्ट उपलब्ध भएका र त्यस्ता उपकरणका लागि उपयुक्त गुणस्तरका टायर आवश्यक छ ।
जेके टायरका गुणस्तरयुक्त टायर त्यस्ता उपकरणका लागि उपयुक्त हुने र हेभी इक्विपमेन्ट व्यवसायीहरुले फाइदा लिन सक्ने अपेक्षा गर्न सकिन्छ ।’ जेके टायरद्वारा उत्पादित यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ । ग्राहकको माग अनुसार सबै मोडलका टायर उपलब्ध गराइने डेल्टा डिष्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले बताए । देशभर उपलब्ध डिलर नेटवर्कमार्फत बिक्री र बिक्री पछिको सेवा समेत उपलब्ध गराइने उनले बताए ।
अत्याधुनिक मेसिनरीका साथ सबैभन्दा स्वचालित प्रक्रिया र उन्नत प्रविधिले सुसज्जित गरी उत्पादन गरिएका जेके टायर लोकप्रिय मानिन्छन् । कम्पनीले सानो १४ किलोग्रामको फोर्कलिफ्ट टायर देखि भारतको सबैभन्दा ठूलो ४०.००–५७ साइज, करिब तीन हजार ४ सय किलोग्राम तौल र १२ फिट व्यास भएको टायर समेत उत्पादन गर्दै आएको छ, जुन ठूलो रिजिड डम्प ट्रकका लागि उपयोग गरिन्छ । उक्त अफ द रोड टायर ‘भीईएम ०४५’ सन् २०१९ को लिम्का बुक अफ रेकर्ड्समा समेत दर्ता भएको थियो ।
जेके टायरले सन् १९७७ मा राजस्थानको कान्क्रोली टायर प्लान्टमा टायर उत्पादन गर्न प्रारम्भ गरेको थियो । हाल यसका भारतमा नौ र मेक्सिकोमा तीन गरी १२ प्लान्ट छन्, जसमार्फत वार्षिक रुपमा तीन करोड ५० लाख युनिटभन्दा बढी टायर उत्पादन हुन्छन् । विश्वका एक सय पाँच देशमा एक सय ८० भन्दा बढी ग्लोबल डिष्ट्रिब्युटरमार्फत जेके टायर बिक्रीवितरण हुँदै आएको छ । जेके टायरले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पुरस्कार समेत पाइसकेको छ । विशेष गरी मोटर स्पोर्ट्स प्रवद्र्धन गर्नमा जेके टायरले महत्वपूर्ण भूमिका खेलेको छ ।
क्याटरपिलर, बीईएमएल, जेसीबी, लीब्वाई, एजक्स फियोरी, एल एन्ड टी कन्स्ट्रक्सन, एस्कर्ट्स, एक्सन कन्स्ट्रक्सन इक्विपमेन्ट र अन्य धेरै निर्माण उपकरण निर्माताहरुको लागि जेके टायर एक विश्वसनीय आपूर्तिकर्ता पनि हो । यसै सन्दर्भमा हालै कम्पनीले कुनै पनि दुई टिपर टायर खरिद गर्दा एक थान आकर्षक इलेक्ट्रिक जग पाइने अफर समेत उपलब्ध गराएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया