बाह्रखरी गल्फ धरानमा हुने
काठमाडौं । एनसेल बाह्रखरी गल्फ धरानमा हुने भएको छ । एनसेलसँगको सहकार्यमा बाह्रखरी मिडियाले यो वर्षको गल्फ प्रतियोगिता धरानमा आगामी फागुन १३ र १४ गते गर्नलागेको हो ।
प्रदेश एकको ऐतिहासिक सहर धरानमा रहेको गल्फ कोर्समा कर्पोरेट गल्फ प्रतियोगिता हुनेछ । गल्फ प्रतियोगितामा धरान, काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराइने बताइएको छ । गल्फमा सय बढी कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् ।
साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै होल इन वन गर्ने खेलाडीलाई हुन्ड्याई ग्रान्ड आइटेन नियोस उपहार राखिएको छ । साथै प्रतियोगिताको अवसरमा देशभरका निजी क्षेत्रका प्रतिनिधिहरूको प्रतिनिधित्व हुने गरी विराटनगरमा उद्योग संगठन मोरङसँग मिलेर इकोनोमिक समिट २०२२ र इटहरीमा योङ आन्टरप्रिनुअर्स कन्क्लेभ २०२२ समेत आयोजना गरिने आयोजकले जनाएको छ ।
इकोनोमिक समिटअघि यस प्रदेशका महत्वपूर्ण क्षेत्र सोलुखुम्बु, उदयपुर, धनकुटा, इलाम र झापामा त्यस क्षेत्रका समस्या, आवश्यकता र नीतिगत सुधारका विषयहरुमा राउन्ड टेबलको आयोजना गरिनेछ । जुन राउन्ड टेलब मंगलबारदेखि नै सुरु हुने बताइएको छ । त्यहाँ उठेका विषयहरुलाई समेटेर इकोनोमिक समिट फागुन १४ मा पूर्वअर्थसचिव रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् । समिटमा अर्थमन्त्री जनार्दन शर्मा, श्रममन्त्री किसान श्रेष्ठसहित विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहनेछ ।
अहिले आयोजना गर्न लागिएको एनसेल बाह्रखरी गल्फमा प्रदेश एक सरकार, उद्योग संगठन मोरङ, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, नेपाल पर्यटन बोर्ड, प्रभु बैंक, गोर्खा ब्रुअरी, ग्लेन लिभेट सिङ्गल मल्ट, भाटभटेनी सुपरमार्केट, हुन्ड्याइ मोटर्स, शिखर इन्स्योरेन्स र डिशहोम फाइबरनेटको सहयोग रहनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया