Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको अन्तर्देशीय अन्तराबद्धता शुल्क समायोजन

टेलिकमको अन्तर्देशीय अन्तराबद्धता शुल्क समायोजन


काठमाडौं । नेपाल टेलिकमले अन्तर्देशीय अन्तराबद्धता शुल्क समायोजन गरेको छ । कुनै पनि दूरसञ्चार सेवाप्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने ‘अन्तराबद्धता शुल्क’ नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तराबद्धता निर्देशिका (इन्टरकनेक्सन गाइडलाइन २०७६) अन्तर्गत अन्तर्देशीय अन्तराबद्धता (डोमेस्टिक इन्टरकनेक्सन) मा उल्लेख गरिएको प्रावधानअनुसार टेलिकमले मंगलबारदेखि लागू गरेको छ ।

नेपाल टेलिकमका ग्राहकले अर्को सेवाप्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणको माघ १६ र १८ गतेको निर्णयानुसार स्वीकृत भई आएकोले टेलिकमले परिमार्जित महशुल दर मंगलबारदेखि कार्यान्वयनमा ल्याएको हो । नयाँ अन्तर्देशीय अन्तराबद्धता कार्यान्वयन भएपश्चात् एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा लागू हुने महशुल दर परिमार्जन भई शुल्कमा कमी आउने छ । सो अनुसार कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रतिमिनेट एक रुपैयाँ १० पैसा मात्र कायम हुनेछ ।

यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रतिमिनेट एक रुपैयाँ आठ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रतिमिनेट एक रुपैयाँ ६२ पैसा कायम हुनेछ । साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रतिसन्देश एक रुपैयाँ १० पैसा कायम हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x