भिजाद्वारा नेपाली बिरामीका लागि भारतमा चिकित्सा सेवामा सहजता
काठमाडौं । डिजिटल भुक्तानी सेवा भिजाले भारतमा स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरूका चिकित्सा यात्रीहरूलाई भुक्तानी गर्न सजिलो बनाउन अस्पताल सेवा खोज्ने प्लेटफर्म, वैदमसँग साझेदारी गरेको छ ।
भिजाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सौम्या बसुका अनुसार विदेशमा चिकित्सा सुविधा खोज्नु र प्रक्रिया छनौट गर्नु अक्सर जटिल र चुनौतीपूर्ण हुनसक्छ । नेपाली नागरिकहरूलाई भारतमा थप आरामदायी र अस्पतालहरूमा व्यापक पहुँचका साथ चिकित्सा उपचार खोज्न सजिलो बनाउन वैदमसँग साझेदारी गरिएको उनले बताए । वैदम प्लेटफर्मले नेपाल र बंगलादेशलगायत धेरै देशहरूबाट स्वास्थ्य सेवा खोज्ने बिरामीहरूलाई भारतभरका एक सयवटासम्म अस्पतालहरूमा विभिन्न प्रकारका उपचार र प्रक्रियाहरूका लागि गम्भीर रोगहरू र चिकित्सा हेरचाहका लागि विशेषज्ञ सेवाहरू खोज्न सजिलो बनाउँछ । वैदमले बिरामीहरूलाई आवश्यक कागजपत्र मिलाउन र उनीहरू भारत पुगेपछि आवश्यक व्यवस्था उपलब्ध गराउन मद्दत गर्छन् । यो साझेदारीले भिसा कार्डधारकहरूलाई भारतमा वैदम प्लेटफर्म प्रयोग गरी स्वास्थ्य सेवाहरू बुक गर्दा प्रक्रिया र शल्यक्रियासहित विभिन्न बिरामी उपचार सेवाहरूमा वैदमले १० प्रतिशतसम्म छुट प्रदान गर्दछ ।
वैदम हेल्थका सह–संस्थापक पंकज चन्द्रले वैदमले झण्डै छ वर्षमा नेपालबाट धेरै बिरामीको सेवा गरिसकेको बताए । विश्वभरको सबैभन्दा विश्वसनीय ब्रान्डहरूमध्ये एक भिजासँग साझेदारी गर्न पाउँदा गर्व लागेको उनको भनाइ छ । सबै भिसा कार्डधारकहरूलाई वैदम अस्पताल नेटवर्कमा सेवा गर्न र तिनीहरूलाई छिटो स्वस्थ जीवनको लागि योगदान गर्न पाउँदा गर्व लागेको उनले बताए । बिरामी वा हेरचाहकर्ताले वैदम वेबसाइटमा गई आवश्यक अस्पताल, डाक्टर र उपचार खोज्न र आफ्नो भिसा कार्डमार्फत भुक्तानी गर्न रोज्न सक्नेछन् ।
भारतको अस्पतालमा बिरामी आएपछि र उपचारको सुविधा पाएपछि, नेपालमा जारी गरिएको भिसा कार्डबाट बिलहरू भुक्तानी गर्न सकिन्छ । अर्को देशमा चिकित्सा सेवाहरू प्राप्त गर्ने जटिलतालाई कम गर्न, बिरामी वा हेरचाहकर्ताहरूलाई बुकिङ र उपचार प्रक्रियामा सहयोग गर्न एक केस अफिसर पनि नियुक्त गरिनेछ । भिजा र वैदमबीचको यो साझेदारीले भारतमा यात्रा गर्ने र चिकित्सा सुविधा खोज्ने हजारौं बिरामीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ । यो अफर १९ डिसेम्बर २०२२ सम्म मान्य हुने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया