Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगखल्तीको एक रुपैयाँमा फ्लाइट टिकट जित्ने अफर

खल्तीको एक रुपैयाँमा फ्लाइट टिकट जित्ने अफर


काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ले ‘उडान अब मात्र रू. १’ लिएर आएको छ । यसअन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेताले आइफोन १३ को बम्पर उपहार समेत प्राप्त गर्नेछन् ।

साथै हरेक दिन एक जनालाई एक रुपैयाँमा फ्लाइट टिकट र पाँच जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ । ‘खल्ती’ फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म भएको छ, जसमा एक हजार दुई सय रुपैयाँसम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिन्छ । यति मात्र होइन, विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरी तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको कम्पनीको भनाइ छ । यो अफर २३ माघदेखि लागू भई फागुन ३० सम्म चल्ने बताइएको छ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाई गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् ।

‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्न यो अभियान ल्याएको बताए । ‘यस महामारीको समयमा यात्रुहरूको सुरक्षित यात्रा होस् भन्ने हाम्रो चाहना हो’, उनले भने । ‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको ‘खल्ती डिजिटल वालेट’ले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ्ग, बीमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटमा भुक्तानी गरी ६० हजार सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आइरहेको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा ‘खल्ती’ले योगदान दिँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x