Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले घटायो सबै लोकल कलको महशुल दर

एनसेलले घटायो सबै लोकल कलको महशुल दर


काठमाडौं । एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक एक रुपैयाँ ९९ पैसा प्रतिमिनेटबाट घटाइ करबाहेक प्रतिमिनेट एक रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दरअन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ । यो परिमार्जित नयाँ महशुल दर शुक्रबारबाट लागू भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले एष्ट्रिक्स्१७१०७ह्यास डायल गरी सेवा निःशुल्क सुचारु गर्न सक्छन् । नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँछ । कम्पनी आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय सेवा अनुभवका साथ उत्कृष्ट मूल्य प्रदान गर्न सदा प्रयासरत रहेको बताइएको छ । यो नयाँ महशुल दर २०७९ साउन २४ गतेसम्म लागू रहने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x