सगरमाथा चढ्न वि विल राइजद्वारा आङरिताका नातिलाई आर्थिक सहयोग
काठमाडौं । वि विल राइज फाउन्डेसन (हामी उठ्नेछौँ) ले आङरिता शेर्पा (हिउँ चितुवा)का नाति छिरिङ तेन्जिङ शेर्पालाई एक लाख रुपैयाँ सहयोग गरेको छ । आगामी ‘मे’ महिनामा सगरमाथा आरोहणको तयारीमा रहेका छिरिङलाई फाउन्डेसनले सहयोग रकम हस्तान्तरण गरेको हो ।
गोंगबुस्थित राइज मिडिया नेटवर्कको कार्यालयमा आइतबार एक कार्यक्रमका बीच फाउन्डेसनको तर्फबाट संस्थापक निर्देशकद्वय निर्मल श्रेष्ठ, खड्ग परियार, निर्देशक (पब्लिक रिलेसन्स) तथा गायिका सुनिता दुलाल, सद्भावना दूत तथा कीर्तिमानी आरोही फूर्वा तेन्जिङ शेर्पालगायतले सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै निर्देशक श्रेष्ठले पुर्खाको कर्मलाई सम्मान गर्दै त्यही बाटोलाई पछ्याएकोमा शुभकामना दिए । ‘पुर्खाको सम्मान नै ठूलो कुरा हो’, उनले भने, ‘अब आङरिताको परिवारले अर्को कीर्तिमान राख्नेमा विश्वस्त छु ।’ त्यस्तै, फाउन्डेसनले हालसम्म सामाजिक उत्तरदायित्व बोध गर्दै विभिन्न कार्यक्रम गर्दै आएकोमा तेन्जिङलाई गरिएको सहयोग त्यसैको निरन्तरता भएको संस्थापक निर्देशक परियारले जानकारी दिए ।
२३ वर्षीय तेन्जिङ आफ्ना बाजेको स्मृतिमा आउँदो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने सुरमा छन् । यसका लागि उनी २२ माघमा अमेरिकाबाट नेपाल आएका हुन् । बाजेबाट पाएको प्रेरणालाई सगरमाथा आरोहण गरेर बाजेमै समर्पित गर्न चाहन्छन् । यसैगरी, उनले ‘द स्नो लियोपार्ड आङरिता शेर्पा मेमोरियल सगरमाथा आरोहण अभियान २०२२’का निम्ति रोयल्टी फि मिनाहा गर्न तथा अन्य आर्थिक, भौतिक, नैतिक मार्गनिर्देशन तथा सहयोगका लागि आग्रह समेत गरेका छन् ।
२०७२ को महाभूकम्पपछि स्थापित फाउन्डेसनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । सिन्धुपाल्चोकको कर्थलीमा भूकम्पले ध्वस्त पारेको विद्यालयको पुनर्निर्माण गर्दै सामाजिक कार्यको प्रारम्भ गरेको यो संस्थाले पर्यटन प्रवद्र्धनका निम्ति देश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको छ । ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज, हङकङ र बेलायतमा हाइक फर नेपाललगायतका कार्यक्रम यसको उदाहरण हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया