लुम्बिनीमा माया कम्प्लेक्स सञ्चालन
काठमाडौं । सीई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्सको शुभारम्भ गरेको छ । माया डेभलपर्सले रुपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो । आयोजनाको निर्माण र व्यवस्थापन सीई कन्स्ट्रक्सनले गरेको हो । क्षेत्रीय विस्तारको एक भागको रूपमा सीई कन्स्ट्रक्सनले रूपन्देहीमा आफ्नो पदचिह्न विस्तार गरेको जनाएको छ । सीईले त्यहाँं आवास, अपार्टमेन्ट र व्यावसायिक कम्प्लेक्स समावेश गर्ने परियोजना प्रस्तुत गरेको हो ।
पहिलो चरणमा माया डेभलपर्सले माया रेसिडेन्सी ल्याएको छ । त्यसमा ४० रोपनी जग्गामा फैलिएको ४८ इकाइ स्वतन्त्र आवास हुनेछन् । आयोजना बुद्धचोक, भैरहवाबाट छ किलोमिटर र राजमार्गबाट एक दशमलव एक किलोमिटरको दूरीमा अवस्थित छ । ‘ओन योर ओन होम’ नामक ट्यागलाइनको साथमा यो परियोजना ल्याइएको हो । सबै सुविधाहरूको साथमा बस्ने समुदायमा घर बनाउने सपना देख्नेहरूका लागि यो परियोजना लक्षित छ । माया रेसिडेन्सीमा बालबालिकाको खेल्ने क्षेत्र, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर र त्यहाँका बासिन्दाहरूको जीवनस्तर उकास्ने अन्य सुविधाहरू हुने छन् । दुई हजार ६० वर्ग फुटदेखि दुई हजार दुई सय वर्ग फुटसम्मको निर्माण क्षेत्र रहेको आधुनिक र परम्परागत लुकको संयोजनमा साढे दुईतले भवनको डिजाइन त्यहाँं गरिएको छ । विकासकर्ताहरूले घर खरिदकर्ताहरूलाई छनोट गर्नका लागि तीन प्रकारका डिजाइनहरू प्रस्ताव गर्नसक्ने जनाइएको छ ।
चार बीएचके हाउसमा भान्छा घर, बाथरुम, बस्ने र खाने ठाउँ, लुगा धुने कोठा, पूजा कोठा र परिवार कोठाका साथै बालकनी र कोठरी हुने छन् । विकासकर्ताहरुका अनुसार उनीहरुले सम्पत्तिको बुकिङ खुला गरिसकेकाले आवश्यकताअनुसार प्लट छनोट गर्न सक्नेछन् । ‘यो अत्याधुनिक आवासीय कम्प्लेक्स सुरु गर्नुको मुख्य उद्देश्य जीविकोपार्जन र आरामदायी जीवनयापनको स्तर उकास्ने हो’, सीई कन्स्ट्रक्सनका अध्यक्ष तथा प्रबन्धनिर्देशक विजय राजभण्डारीले भने, ‘हामीले पहिलो चरणको मात्रै थालनी गर्दै छौँ । अर्को चरणमा अपार्टमेन्ट र कमर्सियल कम्प्लेक्सको निर्माण गर्दै छौँ ।’ उनले माया कम्प्लेक्सलाई यस क्षेत्रको ल्यान्डमार्क बन्ने परिकल्पना गरेको पनि बताए । सीई कन्स्ट्रक्सन प्रालि २९ वर्षअगाडि स्थापित नेपालकै सबैभन्दा पुरानो अनि विश्वसनीय रियल स्टेड (हाउजिङ, अपार्टमेन्ट निर्माण गरिदिने) कम्पनी हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया