Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्यान इन्फोटेक वैशाख ७ देखि

क्यान इन्फोटेक वैशाख ७ देखि


काठमाडौं । क्यान इन्फोटेकको २७औँ संस्करण आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तत्र्रिmया गर्ने उद्देश्यले वर्षेनी क्यान इन्फोटेक आयोजना गर्दै आएको छ ।

क्यान महासंघका महासचिव नारायण थापाले मंगलबार एक विज्ञप्ति जारी गरी आगामी वैशाख ७ देखि १२ गतेसम्म क्यान इन्फोटेकको २७औँ संस्करण आयोजना हुने जानकारी दिएका हुन् । यसअघि क्यान इन्फोटेकको २७औँ संस्करण गत वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म पहिलो पटक र गत माघ १८ गते देखि २३ गतेसम्म दोस्रो पटक हुने गरी सम्पूर्ण तयारी गरिसकिएकोमा कोभिड–१९ का कारण रोकिएको थियो । २७औँ क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सहप्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी स्मार्ट क्यूआर) रहेका छन् ।

यसैगरी आईएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससिटी स्मार्ट क्यूआरको प्लाटिनम प्रायोजन–वर्ल्डलिंक कम्युनिकेसन्स, गोल्ड प्रायोजन – नेपाल टेलिकम, जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स र सागर ग्रुप अफ कम्पनिज, सिल्भर प्रायोजन – नमस्ते पे, एस–पावर, ब्रोडवे इन्फोसिस नेपाल र डिजिकम रहने छन् । सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्स – आईएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससीटी स्मार्ट क्यूआरको इन्नोभेसन पार्टनर छ भने सनवे इन्टरनेशनल बिजनेस स्कुल–एकाडेमिक पार्टनर, दराज केमु – इ–कमर्स पार्टनर, रेबान – फुड एण्ड वेभरेज पार्टनर, मण्डला सिस्टम – भर्चुअल एक्जिविसन पार्टनर तथा अल्ट्रा एलईडी – डिजिटल डिस्प्ले पार्टनर रहेका छन् ।

यस्तै इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु केबलनेट र भायानेट कम्युनिकेशन्स, नेपाल मोबाइल वितरक संघ तथा अन्तर्राष्ट्रिय रुपमा असोसियो र विट्साको पनि सहयोग रहने आयोजकले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x