एक वर्षमा करिब १५ सय निशान म्याग्नाइट बिक्री
काठमाडौं । नेपालका लागि निशान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले एक वर्षभित्र एक हजार चार सय ९९ वटा निशान म्याग्नाइट नेपालमा बिक्री गरेको छ । कम्पनीले फेब्रुअरी २२, २०२१ मा निशान म्याग्नाइट नेपालमा सार्वजनिक गरेको थियो ।
नेपाल प्रवेश गरेसँगै अहिलेसम्म निशान म्याग्नाइट दुई हजार दुई सय २६ वटा बुकिङ्ग भइसकेको कम्पनीले जनाएको छ । एक वर्षको वार्षिकोत्सव पायोनियर मोटो कर्पका लागि कोशेढुंगा साबित भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार एक वर्षको छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्यूटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ ।
यसका साथै निशान म्यागनाइटले ‘कम्प्याक्ट एस.यू.भी अफ द इयर’, टप गियर अवार्डस् २०२१, ‘ड भ्यालू फर मनी कार अफ द इयर’का–अटोकार अवार्ड्स ‘अटोमोबाइल ग्याजेट अफ द इयर’, र कार एण्ड बाइक्स २०२१ को विजेता हुनुका साथै सुरक्षा ग्लोबल एनक्यापमा ४ स्टार रेटिङ्ग हासिल गर्न सफल भएको छ । पायोनियर मोटो कर्पका प्रबन्धनिर्देशक सन्दीप कुमार सारडाले निशान म्याग्नाइटको लागि अपार माया र समर्थन देखाएको भन्दै ग्राहकलाई धन्यवाद दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया