Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा हुन्डाईको नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक–५ बिक्री सुरु

नेपालमा हुन्डाईको नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक–५ बिक्री सुरु


काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक–५ बिक्री सुरु गर्ने तयारी पूरा गरेको छ । नयाँ आयोनिक हुन्डाई आयोनिक–५ ले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफल भएको छ । आयोनिक–५ हुन्डाईको नयाँ आयोनिक लाइनअपअन्तर्गत ‘स्पेसलाइज्ड इजीएमपी ब्याट्री इलेक्ट्रिक भेहिकल प्लेटफर्म’मा बनेको हो । आयोनिक ५ को डिजाइन अत्याधुनिक र आकर्षक छ । यो गाडी अत्यधिक इनर्जी इफिसियन्सी, उत्कृष्ट पर्फर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले जनाएको छ ।

हुन्डाईको ‘रिभोल्युसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’मा निर्माण भएको आयोनिक–५ मा रियर ह्विल ड्राइभ सिस्टम छ । साथै, यो कारमा सोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्निसन भेहिकल कन्ट्रोलजस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक–५ को लन्चिङसँगै ‘स्टेट अफ दि आर्ट’ नयाँ इलेक्ट्रिक कारको लागि मात्रै शोरुम सञ्चालनमा ल्याएको छ । ईभीको लागि मात्रै बन्ने शोरुममा अहिले बिक्री भइरहेको कोना, आयोनिक र आयोनिक ५ राखिनेछ । इलेक्ट्रिक कार किन्ने ग्राहकलाई यो शोरुमले प्रिमियम एक्सपिरियन्स प्रदान गर्न सफल हुने कम्पनीको विश्वास छ । कम्पनीले ईभी बिक्री मात्र गर्ने नभई नेपालमा ईभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेसनको विस्तार गर्ने समेत तयारी गरिरहेको छ ।

कम्पनीले ईभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेसन स्थापना गरिसकेको पनि जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख सहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोबाइल उत्पादकमध्ये हो । कम्पनीले उत्कृष्ट क्वालिटीको भेहिकल बनाउँदै विश्वका करोडौँ ग्राहकहरुको मन जित्न सफल भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x