Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहाइफ्युचरद्वारा इन्ट्री लेभल उत्पादन फ्युचरफिट इभो, पल्स र कलरबड नेपालमा सार्वजनिक

हाइफ्युचरद्वारा इन्ट्री लेभल उत्पादन फ्युचरफिट इभो, पल्स र कलरबड नेपालमा सार्वजनिक


काठमाडौं । प्रिमियम सेगमेन्ट सफल रुपमा सार्वजनिक गरेपछि हाइफ्युचर एसियाली बजार तथा हालसालै नेपालमा इन्ट्री लेभल बजेट सेगमेन्टमा प्रवेश गरेको छ । हाइफ्युचरले हालै आफ्नो उत्पादनको संग्रहमा तीन नयाँ उत्पादन ः फ्युचरफिट इभो स्मार्टवाच, फ्युचरफिट पल्स स्मार्टवाच तथा कलरबड थप गरेको छ ।

फ्युचरफिट इभो स्मार्टवाच बेजल–फ्री डिस्प्ले तथा विशिष्ट अनुभव दिने शानदार एरोस्पेस ग्रेड अलुमिनियम अलोय केशसहितको डिजाइनमा उपलब्ध छ । यसको क्लासिक डिजाइन सबैखाले कपडाहरु तथा सबैखाले अवसरहरुका लागि सुहाउँदो रहेको छ । यसमा बिल्ट–इन हार्ट रेट मनिटर तथा ब्लड अक्सिजन लेभल ट्र्याकर पनि रहेको छ । समग्रमा फ्युचरफिट इभो सुपथ मूल्यको पनि छ । इभोमा १.५७ इञ्च एचडी डिस्प्ले, वाटरप्रुफ आईपी ६८, ब्लूटूथ भर्सन ५.०, ओएस कम्प्याटिबिलिटी एन्ड्रोइड ५.० प्लस, आईओएस ९.० रहेको छ । एक वर्षको वारेन्टी समेत रहेको इभोको मूल्य मात्र पाँच हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यसैगरी कम्पनीको फ्युचरफिट पल्स स्मार्टवाच हाइफ्युचरको आकर्षक आविस्कार हो । यसका फिचरहरुमा १.६९ इन्चको बेजल–फ्री एचडी एलसीडी डिस्प्ले तथा एरोस्पेस ग्रेड अलुमिनियम अलोय हुन् । यसको बडी अल्ट्रा थिन अर्थात् ९.७ एमएमको ज्यादै पातलो छ । यसबाहेक यसमा इन–बिल्ट हेल्थ ट्र्याकर तथा स्लिप मनिटर पनि रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x