Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवैशाखमा ‘नेपाल फर्मा एक्स्पो’

वैशाखमा ‘नेपाल फर्मा एक्स्पो’


काठमाडौं । नेपाल औषधि उत्पादक संघले आगामी वैशाखमा ‘नेपाल फर्मा एक्स्पो’को आयोजना गर्ने भएको छ । नेपाली औषधिबारे जानकारी दिन उक्त एक्स्पोको आयोजना गर्न लागिएको हो ।

आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागिएको संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले जानकारी दिए । नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जानकारी गराउनका लागि एक्स्पो गर्न थालिएको उनको भनाइ छ । नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पु-याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्न, औषधि प्राविधिक तथा फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले पनि एक्स्पो आयोजना गर्न लागिएको हो । अध्यक्ष पाण्डेले नेपाली औषधि विदेशी औषधिभन्दा सस्तो र गुणस्तरीय रहेको बताए । उनले सरकार र राजनीतिक दलको सहयोग भए नेपाललाई औषधिमा निर्भर बनाउन सकिने समेत उल्लेख गरे ।

एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीले नेपाली औषधिलाई सबै जिल्लामा पु-याइरहेको जानकारी दिए । क्षेत्रीका अनुसार एक्स्पोमा रहने एक सय ६० कक्षमा औषधिमा नयाँ प्रविधिको खोज गरिरहेका एक सय २० बहुराष्ट्रिय कम्पनी र ४० नेपाली औषधि उद्योगको सहभागिता हुनेछ । वार्षिक ६० अर्ब रुपैयाँको नेपाली औषधिको कारोबार हुने गरेको र औषधि उद्योगमा ५० हजार मानिसले रोजगार पाएका छन् । नेपालमा ३५ वटा प्राविधिक कलेजबाट एक हजार पाँच सय औषधि प्राविधिक र पाँच सय फर्मासिस्ट उत्पादन हुँदै आएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x