जावा मोटरसाइकलको डिलर जनकपुरमा विस्तार
काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले जनकपुरमा नयाँ डिलर खोलेको छ ।
कम्पनीले आफ्नो नयाँ डिलर भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेज प्रालिको स्थापनासँगै सुसज्जित र पूर्णरूपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको हो । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगञ्ज, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ र धनगढीका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभरूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि जनकपुरमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित थ्रीएस सोरूम स्थापना गरेको कम्पनीले जनाएको छ ।
भास्कर एन्ड भास्कर इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक विनय मनि शर्माकी माता मायादेवी शर्मा र मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले संयुक्तरूपमा सोरुम उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा अग्नि मोटोइंक प्रालिका सेल्स हेड प्रत्युष श्रेष्ठले जावा मोटरसाइकल सहर बजारमा मात्र नभई हाइवेको यात्राका लागि पनि निकै आरामदायी र उपयुक्त रहेको बताए ।
अरुभन्दा फरक हुन चाहने, भिडमा आफ्नो छुट्टै पहिचान बनाउन खोज्ने र उच्चस्तरीय, आधुनिक टेक्नोलोजीको रेट्रो क्लास्सिक मोटरसाइकल चढ्न चाहने सबैका लागि भनेजस्तै बाइक जावा नै रहेको नलको भनाइ छ । देशका विभिन्न स्थानहरूमा राम्रो प्रतिक्रिया पाइरहेको जावा मोटरसाइकलले जनकपुरका युवा तथा मोटरसाइकल प्रेमीहरूका बीच पनि सफलता हात पार्ने उनले बताए ।
मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्रीमा निर्मित बबर पेराक मोडलहरू समावेश भएका विभिन्न मोडलका जावा मोटरसाइकलहरू बुक गर्न र थापाचोक, जनकपुर आसपासका क्षेत्रमा टेस्ट राइडको सुविधाप्राप्त गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
- सन नेपाल लाइफको प्रदेशस्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम
- भरतपुरको गीतानगरमा कृषि विकास बैंकको नयाँ शाखा
- सिद्धार्थ बैंकको व्यवस्थित लगानी कोषको आकार एक अर्ब नाघ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया