डाबर नेपालद्वारा डाबर वाटिका नेचुरल्स स्याम्पो सार्वजनिक
काठमाडौं । डाबर नेपालले डाबर वाटिका नेचुरल्स स्याम्पोको नयाँ रेन्ज सार्वजनिक गरेको छ । कम्पनीले हायाट प्लेस, काठमाडौंमा एक–एक कार्यक्रमको आयोजना गरी उक्त स्याम्पोमा सार्वजनिक गरेको हो ।
यो ब्राण्डको अनावरण डाबर वाटिका नेचुरल्स स्याम्पोको सेलिब्रिटी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काको साथै डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा गरिएको थियो । डाबर नेपालले नेपाली श्याम्पु बजारमा आफ्नो उपस्थिति जनाउँदै नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरीय वाटिका स्याम्पो उपलब्ध गराएको छ ।
डाबर वाटिका नेचुरल्स स्याम्पो तीनवटा भेरियन्टमा पाइने कम्पनीले जनाएको छ । ब्ल्याक साइन स्याम्पो कालो र चम्किलो कपालको लागि, थिक एण्ड लङ स्याम्पो बाक्लो र लामो कपालको लागि र एन्टी डन्ड्रफ स्याम्पो चायाँमुक्त कपालको लागि बनाइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरुले भरिपूर्ण छन् जसले कपालको विशेष समस्याहरुको समाधान गर्छ र कपाललाई नरम बनाउनुको साथै क्लिङसिङ्ग र कन्डिसनिङ दिन्छ ।
डाबर नेपालको व्यापार प्रमुख एचएस बेदीले डाबर वाटिका नेचुरल्स स्याम्पोको लन्च डाबरको उपभोक्तातर्फ प्राकृतिक हेयर केयरमा सबैभन्दा राम्रो समाधान दिँदै आएको प्रतिबद्धताको नतिजा रहेको बताए । कम्पनीको स्याम्पोको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण रहेको उनको दाबी छ ।
यस्तै मार्केटिङ प्रमुख अभय गोर्खालीले डाबर वाटिका नेचुरल्स स्याम्पोको फर्मुला बजारको व्यापक अनुसन्धानपछि १० प्राकृतिक तत्वहरुसहित बजारमा ल्याएको बताए । डाबर वाटिका नेचुरल्स स्याम्पो १७० एमएल, ३३० एमएल र ६५० एमएलका बोतल आकर्षक मूल्यमा बजारमा उपलब्ध छ भने ७ एमएल र ३.५ एमएलमा पनि उपलब्ध छ । ३३० एमएलको बोतलमा पम्पको सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
- सन नेपाल लाइफको प्रदेशस्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम
- भरतपुरको गीतानगरमा कृषि विकास बैंकको नयाँ शाखा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया