त्रिवेणी व्यापार कम्पनीको डिलरमिट सम्पन्न
काठमाडौं । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी व्यापार कम्पनीले बिक्री वितरण गर्दै आयको आफ्नो साना घरायसी सामानको बिक्री बितरण गर्ने आधिकारिक बिक्रेताहरुको बिक्रेता मिट (डिलरमिट) सम्पन्न गरेको छ । त्रिवेणी व्यापार कम्पनीले आफ्ना नेपालभरि रहेका आधिकारकि बिक्रेताहरुलाई उत्साहित गर्ने र बिक्रीबितरणमा आएको समस्या समाधान गर्ने उद्देश्यले काठमाडौमा आधिकारिक बिक्रेताहरुको डिलर मिट आयोजना गरेको हो ।
कार्यक्रममा डिलरहरुलाई कम्पनीको तर्फबाट त्रिवेणी व्यापार कम्पनीका महाप्रबन्धक जितेन्द्र सिंहले स्वागत गर्नुका साथै कम्पनीको आगामी योजनाको बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए । साथै कम्पनीको आगामी ब्यापार प्रवद्र्धन योजनाको बारेमा जानकारी गराएका थिए ।
सिंहका अनुसार आगामी दिनमा अझै नयाँ प्रोडक्ट र टेक्नोलोजीका साथ कम्पनी प्रस्तुत हुने छ । उक्त कार्यक्रममा विशेष अतिथि त्रिवेणी व्यापार कम्पनीका निर्देशक शैलेस सिंघाईले त्रिवेणी व्यापार कम्पनीले बिक्रीबितरण गदै आएको गुणस्तरीय घरायसी समानहरुको बिक्रीबितरणमा डिलर्सहरुको महत्वपुर्ण भुमिका रहेको र त्रिवेणी ग्रुप अन्तर्गतका ब्राण्डहरुको सामान गुणस्तरका हिसाबले परिपक्व हुने भएका कारण त्रिवेणीप्रति बजारमा व्यवसायीक विश्वास बढ्दै गएको कुरामा जोड दिए ।
साथै उक्त कार्यक्रममा कम्पनीले यासुदा ब्राण्ड नेपालको नम्बर १ साना घरायसी ब्राण्डको रुपमा स्थापित भएको जानकारी गराउँदै सम्पूर्ण ग्राहक तथा डिलरहरुलाई धन्यवाद र ब्राण्डप्रतिको विश्वासको लागि व्यक्त गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
- सन नेपाल लाइफको प्रदेशस्तरीय मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम
- भरतपुरको गीतानगरमा कृषि विकास बैंकको नयाँ शाखा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया