Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनर्भिकको सबै सूचना क्यूआर कोड स्क्यानबाट

नर्भिकको सबै सूचना क्यूआर कोड स्क्यानबाट


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले क्यूआर कोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ । नर्भिक अस्पतालमा उपलब्ध सबै सेवाको विषयमा जानकारी लिन अब वेबसाइटमा गएर स्क्रोल गर्नुपर्ने बाध्यता हटेको छ । क्यूआर कोड स्क्यान गरी सबै विषयमा सहजै आवश्यक जानकारी लिन सक्ने विशेषतासहितको नवीन सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।

यो सेवा कार्यान्वयनमा आएसँगै अब नर्भिक अस्पतालमा गरिएको ल्याबटेस्टको रिपोर्ट क्यूआर कोड स्क्यान गरी डाउनलोड गर्न सकिनेछ । क्यूआर कोड स्क्यान गरेपछि सोझै ल्याब रिपोर्ट डाउनलोडन गर्ने पेजमा पुगिन्छ । यस्तै, विशेषज्ञ चिकित्सकहरुको ओपीडी समयको विषयमा आवश्यक जानकारीका लागि पनि मुख्य वेबसाइटमा गएर अप्सन खोज्न स्क्रोल गरिरहनुपर्दैन ।

ओपीडी टाइमिङको क्यूआरकोड स्क्यान गरेपछि सोझै सम्बन्धित पेजमा पुगिनेछ । सो पेजमा पुगिसकेपछि अनलाइनबाटै डाक्टरको अपोइनमेन्ट समेत लिन सकिने सुविधा उपलब्ध गराइएको नर्भिक अस्पतालले जनाएको छ । नर्भिकमा उपलब्ध विशेषज्ञ चिकित्सकहरुको प्रोफाइल समेत क्यूआर कोड स्क्यान गरी हेर्न सकिने सुविधा समेत उपलब्ध गराइएको छ ।

यसैगरी, नर्भिक अस्पतालमा उपलब्ध विभिन्न स्तरका रुमहरुको विषयमा जान्न चाहनेका लागि समेत क्यूआर कोड उपलब्ध रहेको छ । यस्तै, नर्भिकको ओपीडी र आईपीडी सेवामा उपलब्ध विभिन्न हेल्थ प्याकेजहरुको विषयमा पूरा जानकारीको आवश्यकता पर्नेले समेत वेबसाइटमा अलमलिरहनु नपर्ने गरी सोझै क्यूआर कोड गरे पुग्ने फिचर थपिएको छ । कोही कसैलाई नर्भिक अस्पतालको विषयमा विवरण चाहिएमा, सम्पर्क नम्बर, ठेगाना वा यस्तै सामान्य जानकारी चाहिएमा वेबसाइट भिजिट गरिरहनुपर्दैन । त्यस्ता व्यक्तिका लागि समेत क्यूआर कोड स्क्यानको सुविधा दिइएको छ । क्यूआरकोड स्क्यान गर्नेबित्तिकै अस्पतालको ओभरभ्यू पढ्न पाइनेछ ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अस्पतालको मुख्य वेबसाइटमा यसअघि नै समावेश सूचनाहरुलाई व्यवस्थित गर्न र ती सूचनासम्म छरितो ढंगले सम्बद्ध व्यक्तिको पहुँच स्थापित गर्न क्यूआर कोडको फिचर कार्यान्वयनमा ल्याइएको बताए । ‘सबै सूचना यसअघि पनि वेबसाइटमा अपलोड नै थियो । तर क्यूआर कोडले वेबसाइट स्क्रोल गर्नुपर्ने बाध्यता हट्यो । सर्टकर्ट बाटो क्रिएट गरिएको मात्र हो’, उनले भने, ‘यसबाहेक नर्भिकले विगतदेखि नै क्यूआर कोड स्क्यान गरेर अस्पतालको बिल तिर्न सकिने सुविधा समेत उपलब्ध गराइरहेकै छ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x