Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोको ‘भ्यालेन्टाइन्स–डे’ उपहार ‘ए९ २०२०’

ओप्पोको ‘भ्यालेन्टाइन्स–डे’ उपहार ‘ए९ २०२०’


काठमाडौं, माघ २७
भ्यालेन्टाइन्स डेका लागि उत्कृष्ट उपहार ओप्पो ए९ २०२० हुन सक्ने ओप्पोले जनाएको छ । विदेशी पर्व भए पनि नेपालका युवा वर्गमाझ भ्यालेन्टाइन्स डे, निकै लोकप्रिय रहेको छ । साथीभाइ, आमा–बुबा, प्रेमी–प्रेमिकालगायतले यस दिनमा उपहार आदानप्रदान गरी आफ्ना प्रेमिल भावना व्यक्त गर्ने चलन रहँदै आएको छ । यस्तोमा राम्रो उपहारका रुपमा मोबाइल फोन प्रदान गर्ने परिपाटी पनि बस्न थालेको छ । यस परिपाटीमा अहिले बजारमा निकै लोकप्रिय ४८एमपी क्वाड क्यामेरा सुसज्जित ओप्पो ए९ २०२० उपहारका लागि उत्कृष्ट विकल्प हुन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अत्याधुनिक फिचर्स सुसज्जित ओप्पो ए९ २०२० विशेष युवा वर्गलक्षित फोन हो । पूरुष र महिला दुवैका लागि उपयुक्त यो उपकरण उपहारका लागि कसरी उत्कृष्ट छ त ? यसमा पाँच उत्कृष्ट उपयोगी फिचर्स छन् :

अत्याधुनिक क्यामेरा प्रविधि : ओप्पो ए९ २०२०मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८एमपी मुख्य क्यामेरा + ८एमपी अल्ट्रा–वाइड लेन्स + २एमपी मोनो लेन्स + २ एमपी पोट्रेट लेन्स उपलब्ध गरिएको छ । यिनले प्रयोगकर्ताका हरेक शुटिङ एंगल्स तथा सिनेरियोको आवश्यकता अल्ट्रा नाइट मोड २.० र आर्टिस्टिक पोट्रेट स्टाइल्सको समग्र विकल्पका माध्यमबाट समाधान उपलब्ध गराउँछ । साथै, छोटा भिडियो क्लिपको यो जमानामा सहजताका साथ बटन क्लिक गरेकै भरमा आकर्षक कन्टेन्ट निर्माणमा सघाउने सोचका साथ यसमा भिडियो फिल्टर्सपनि उपलब्ध गरिएको छ ।

आकर्षक र प्रयोगमैत्री इन्टेलिजेन्ट डिजाइन : ओप्पो ए९ २०२०मा आकर्षक लुक्स र सुदृढ प्रयोग अनुभवका लागि पछिल्ला संस्करणका तुलनामा ३१.४ प्रतिशतले कम क्षेत्रफल ओगट्ने नयाँ कम्प्याक्ट वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । यसमा रहेको ६.५ इञ्चको फुल स्क्रिनमा ८९ प्रतिशत स्क्रिन टू बडी रेसियाका साथमा कोर्निङ गोरिल्ला ग्लास थ्री+को प्रयोग गरिएको छ । यो तेस्रो पुस्ताका गोरिल्ला ग्लासको तुलनमा थप कडा हुनुका साथै अझ बढी सुरक्षा प्रदान गर्छ । यसमा रहेको सनलाइट स्क्रिनले स्क्रिन प्रत्यक्ष सुर्यको प्रकासमा समेत रिडेबिलिटी बढाउनुका साथै कम वा अत्यधिक प्रकास भएका स्थानमा समेत उत्कृष्ट रंग फाल्ने क्षमता राख्छ ।

साथै यसमा रहेको ब्ल्यू लाइट फिल्टरले केही हदसम्म प्रयोगकर्ताको आँखालाई सुरक्षा समेत प्रदान गर्छ । अझ भाइब्रेण्ट आकर्षक लुक्सका लागि ओप्पो ए९ २०२०मा थ्रीडी ग्राडियण्ट डिजाएनको प्रयोग गरिएको छ । यसको निर्माणमा ४ कभ्र्ड थ्रीडी शिट्सको प्रयोग गरिएको छ । यसले गर्दा फोन पातलो देखिनुका साथै हातमा समाउँदा आरामदायी ग्रिपपनि प्रदान गर्छ । फोनमा प्रयोग गरिएका नानो स्केल प्याटन्र्सका कारण फरक कोण र भिन्न भिन्न प्रकासमा यसले मल्टि टोन्ड, -याडियन्ट कलरिङ फाल्छ ।

हार्डवेयर र सफ्टवेयरको समायोजन : १९ घण्टा लगातार प्रयोग गर्न सकिने ५ हजारएमएएच क्षमताको ब्याट्री फोनमा उपलब्ध गरिएको छ । यसमा रहेको ब्याट्रीले रिभर्स चार्जिङ समेत सपोर्ट गर्छ । अडियोका लागि ओप्पो ए सिरिज २०२०२मा उच्च भोल्यूम र सुदृढ आवाजको गुणस्तर सहित डुअल स्पिकर जडान गरिएका छन् । उत्कृष्ट आवाजको गुणस्तर, रोमाञ्चक गेमिङ अनुभवलगायतका लागि फोनमा डल्बी एट्मस साउण्ड ईफेक्टको प्रयोग गरिएको छ । ओप्पो ए९ २०२०मा शक्तिशाली कार्यक्षमताका लागि ८ कोर ६४ बिट प्रोसेसरका साथमा क्वालकम स्न्यापड्रागन ६६५ प्ल्याटफर्म दिइएको छ । स्न्यापड्रागन ४५० प्रयोग गरिएको पछिल्लो एसेवेनका तुलनामा ए९ २०२०को सीपीयूमा ४० प्रतिशत सुदृढ छ भने यसको जीपीयूमा शतप्रतिशत सुधार दिइएको छ ।

सुदृढ गेमिङ अनुभव र पर्याप्त सञ्चय क्षमता : विशेषगरी गेमिङ अनुभवको कुरा गर्दा फोनमा दिइएको गेम बुस्ट २.० एक्सिलिरेटर प्रविधिले सुदृढ फ्रेम बुस्ट र टच बुस्ट दिन्छ । यसले गर्दा प्रयोगकर्ताले लाइटनिङ फास्ट गेम प्ले रेस्पोन्स पाउँछन् । फलतः टच स्क्रिनका कारण हुने ढिलाइको समस्याको समाधान हुनुका साथै समग्र गेमिङ अनुभवमै सुधार आउँछ । फोनमा एण्ड्रोइड ९.०मा आधारित कलरओएस ६को प्रयोग गरिएको छ । यसले ताजा दृष्यानुभुति दिनुका साथै लामो समयसम्मको निरन्तर प्रयोग गर्दा समेत आरामदायी अनुभव प्रदान गर्छ । फोनमा फिंगरप्रिन्ट र फेसियल अनलक जस्ता आकर्षक फिचरपनि उपलब्ध छन् ।

यस सञ्चालन प्रणालीमा स्मार्ट एसिस्ट्यान्ट, राइडिङ मोड, म्यूजिक पार्टी र गेस्चर न्याभिगेसन जस्ता स्मार्ट फञ्सन्सपनि दिइएका छन् । यसले प्रयोगकर्तालाई सहजताको अनुभूति दिनुका साथै, सुरक्षा र समग्र फोनको क्षमतामा बढोत्तरीको अनुभव प्रदान गर्छ । फोनमा जीवनका सुन्दर सम्झनाहरु सञ्चयका दौरान स्पेसका कारण कुनै समस्या नआओस् भन्ने सोचका साथ १२८जीबी उच्च मेमोरी क्षमता र २ सय ५६ जीबी मेमोरी सपोर्ट गर्ने थ्री–कार्ड (डुअल सिम + माइक्रोएसडी) स्लट पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x