Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाईको ‘बेस्ट बाई’ योजना

हुन्डाईको ‘बेस्ट बाई’ योजना


काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेस्ट बाई’ योजना ल्याएको छ । यो योजना नेपालभर लागू हुनेछ । यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरु प्राप्त गर्ने अवसर पाउनेछन् ।

यो योजनामार्फत ग्राहकले ५० हजार रुपैयाँसम्मको बेस्ट बाई बोनस, एक वर्षको निःशुल्क बृहत् बीमा तथा सडक कर, ३० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, चार लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएसन पनि पाउन सक्नेछन् । हरेक हुन्डाई गाडीमा छ वर्षको निःशुल्क सेवा र तीन वर्षको वारेन्टी रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिमिटेडले आफ्ना ग्राहकहरूलाई विभिन्न उपहार र फाइदाहरू प्रदान गर्न सधैं नयाँ र नवीन योजनाहरू ल्याउदै आएको छ । नयाँ बेस्ट बाई योजनाले ग्राहकहरूलार्ई आकर्षित गर्ने छ । यो योजना २०७८ चैत १९ सम्म लागू हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x