टीभीएस रेडर १२५ लाई ‘इन्डियन मोटरसाइकल अफ दि इयर’ उपाधि
काठमाडौं । टीभीएस रेडर १२५ लाई भारतीय अवार्ड, इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ । टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्यसम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि परिचित छ । कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा परेका अन्य पाँच कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो ।
उक्त उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायकमण्डलको गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यहरुमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेसल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्टलगायत सम्मिलित रहेका थिए । निर्णायकमण्डलीका सदस्यहरुको विशेषज्ञताले पूर्ण प्रमाणीकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारीसाधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रुपमा स्थापित भएको बताइएको छ । टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिङ अनिरुढ हल्दारले भने, ‘हरेक वर्ष भारतीय बजारमा अनेक बाइकहरु सार्वजनिक हुन्छन् । तीमध्ये धेरैजसो बजारमा कुनै छाप छोड्न नपाउँदै बिलाउँछन् भने कतिले अटोमोबाइल व्यापारमै उल्लेखनीय बिक्रीको रेकर्ड राख्न सफल हुन्छन् । यस वर्ष टीभीएस रेडरले भारतीय बजारको दुईपांग्रे सवारीसाधनको श्रेणीमै सर्वाधिक बिक्रीसहित अग्रता हात पार्न सफल भएको छ ।’
उत्पत्तिको स्थान अन्यत्र भए पनि प्रतियोगितामा सहभागिताका लागि जुनसुकै मोडलका नयाँ मोटरसाइकलहरु भारतमा एसेम्बल्ड वा उत्पादित हुनु अनिवार्य गरिएको छ । साथै मोटरसाइकलहरु अवार्डका लागि मान्य हुन १ डिसेम्बर २०२० देखि ३० नोभेम्बर २०२१ सम्ममा प्रदर्शित भइसकेको हुनुपर्दछ । उपाधि विजेताको घोषणा निर्णायक मण्डलीको भोटका आधारमा गरिएको हो । निर्णायक मण्डलीमा सहभागी हरेक सदस्यको हातमा २५ अंक रहेको हुन्छ र तिनले प्रतिस्पर्धामा सम्मिलित कम्तीमा पाँच मोटरसाइकलका लागि अंक विनियोजन गर्नुपर्ने हुन्छ । साथै, तिनले कुनै पनि बाइकलाई १० भन्दा बढी अंक प्रदान गर्न पाउँदैनन् ।
कम्पनीका अनुसार मितव्ययी मूल्यमा अत्याधुनिक फिचर सुसज्जित टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको छ । जगदम्बा मोटर्सद्वारा सन् २०२१को नोभेम्बरमा सार्वजनिक गरिएको यो बाइक युवाहरुमाझ अत्यधिक लोकप्रिय छ र नेपालमा पनि उल्लेखनीय संख्यामा बिक्री भइरहेको छ । टीभीएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायत विशेषताहरु उपलब्ध छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाइट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षण प्रदान गरेको छ ।
एक सय २४ दशमलव आठ सीसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर इञ्जिनद्वारा शक्ति प्रदान गरिएको यसले ७५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र छ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ । बजारमा उपलब्ध अधिकांश एक सय ५० सीसीका मोटरसाइकलमा हालसम्म पनि दुई भल्भ इञ्जिनको प्रयोग भइरहँदा यो बाइक भने तीन भल्भ इञ्जिनका साथमा बजारमा उपलब्ध गरिएको छ यो मोटरसाइकलले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति जम्मा ५.९ सेकेण्डमा प्राप्त गर्ने क्षमता बोकेको छ । भारतीय बजारमा आईएमओटीवाई अवार्डद्वारा सम्मानित यो बाइक नेपालभरका टीभीएस शोरुमहरुमार्फत सहजै उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया