Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिल्डकन प्रदर्शनी : गोर्खा इको प्यानलप्रति आकर्षण

बिल्डकन प्रदर्शनी : गोर्खा इको प्यानलप्रति आकर्षण


काठमाडौं । शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा गोर्खा इको प्यानलको स्टलप्रति अवलोकनकर्ताको आकर्षण देखिएको छ । प्रदशर्नीको पहिलो दिन नै गोर्खा इको प्यालनको स्टलमा हजारौँ अवलोकनकर्ताले रुचिपूर्वक अवलोकन भ्रमण गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवांले जानकारी दिए ।

पहिलो दिन भृकुटीमण्डपमै इन्जिनियरहरुको अधिवेशन सुरु भएकोले विशेष गरी ती इन्जिनियरहरुले अभिरुचिपूर्वक अवलोकन गरेको सीईओ कवांले जनाए । गोर्खा इको प्यालन पछिल्लोपटक आएको नयाँं निर्माण सामग्री हो । गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने निर्माण सामग्री हो । हलुका, भूकम्पप्रतिरोधी, तीव्र निर्माणलगायतका कारण यो निर्माणसामग्री पछिल्लो पटक लोकप्रिय छ । यही कारण गोर्खा इको प्यानल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै डिलरहरुमार्फत देशभर बिक्रीवितरण भइरहेका छन् ।

अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी ब्राण्डका एक सय ५० भन्दा बढी स्टल रहनेछन् । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन यो प्रदर्शनी विगत छ वर्षदेखि हरेक वर्ष सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार, प्रदर्शनीमा टाइटल स्पोन्सर हुलास स्टिल इन्डष्ट्रिज रहेका छन् भने नेपाल इन्जिनियरिङ एसोसिएसन, निर्माण व्यवसायी महासंघलगायतका संस्थाहरुको सहयोग रहेकोे बताइएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनी आइतबारसम्म चल्नेछ । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर्स, बिल्डर्स, इन्टेरियर डिजाइनरहरु, घर बनाउन चाहने व्यक्ति तथा आमनागरीकको उल्लेखनीय सहभागिता रहने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x