Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएमएडब्लू वृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारी सेग्मेन्टमा प्रवेश

एमएडब्लू वृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारी सेग्मेन्टमा प्रवेश


काठमाडौं । नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू वृद्धिले ओमेगा सिक्की मोबिलिटी (ओएसएम)का विद्युतीय सवारी नेपाली बजारमा ल्याउने भएको छ । त्यसका लागि ओएसएम र एमएडब्लु वृद्धि कमर्सियलबीच आधिकारिक बिक्रेताको साझेदारी भएको हो  । दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारीको सम्झौता भएको थियो ।

एमएडब्लु वृद्धिले अबको केही समयभित्रै ओएसएमका तीनपांग्रे विद्युतीय सवारी ल्याउने जनाएको छ । वातावरण सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको र वातावरण र नेपाललाई सुहाउँदो सवारी भित्र्याउन लागेको कम्पनीले जानकारी दिएको छ । पहिलो चरणमा एमएडब्लु वृद्धिले थ्री ह्विलर सवारी भित्र्याउने योजना बनाएको छ । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने बताए । कम्पनीले कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि निरन्तर काम गर्दै जाने जनाएको छ ।

ओमेगा सिक्की मोबिलिटी (ओएसएम) ‘एलिगन ओमेगा ग्रुप अफ बिजनेस’को सदस्य हो, जसले भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरुको लागि स्टिल पार्ट्स निर्माणमा केन्द्रित छ । विद्युतीय सवारीसाधनको व्यवसाय समूह कम्पनी ओमेगा सिक्की प्रालिमा कम्पनीले आफ्नो इनहाउस आरएन्डडी सुविधामा थ्री ह्विलर सवारीसाधनहरु आकर्षक डिजाइनमा विकास गरेको छ । आरएजीई प्लस ब्रान्ड अन्तर्गतका गाडीहरु भारतका धेरै प्रमुख ईकमर्स र रसद कम्पनीहरुले प्रयोग गर्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x