Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसेलपेको ‘नयाँ वर्ष आयो क्यासब्याक पायो’ अफर

सेलपेको ‘नयाँ वर्ष आयो क्यासब्याक पायो’ अफर


काठमाडौं । सेलकम प्रालि (सेलपे)ले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष आयो क्यासब्याक पायो योजनाअन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ । जसअन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाइ टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार यो अफर मंगलबारदेखि सुरु भई एक महिनासम्म चल्नेछ । यस अफरअन्तर्गत सेलपेका प्रयोगकर्ताहरूले टप–अपमा छ प्रतिशत क्यासब्याक, फोनपे क्यूआर भुक्तानीहरूमा १० प्रतिशत (एक सय रुपैयाँको क्यापसहित) छुट, एयरलाइन्स टिकट खरिदमा एक हजार दुई सय रुपैयाँसम्म छुट र बस टिकट खरिदमा १० प्रतिशत छुट पाउनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x