Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगोल्छा ग्रुपद्वारा विद्यार्थीहरूलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग

गोल्छा ग्रुपद्वारा विद्यार्थीहरूलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग


काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।

विद्यार्थीहरुले आवश्यक सीपअनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्यस्थललाई अन्तिम रूप दिने लगायत प्रारम्भिक गतिविधिहरूबाट काम सुरु गरेको थियो । साथै फेब्रुअरी २०२२ सम्म टोलीले सवारीसाधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ । अनेकन टेस्ट राइडहरुपछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रुपमा प्रतिस्पर्धा गर्न तयार छ । सबै नियमहरु पलना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेसनहरुअनुसार गाडी बनाइएको हो । ‘मैचा’को ब्याट्रीले १ किलोहर्ज चार्जबाट १५० किलोमिटरसम्मको रेन्ज दिन्छ ।

मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पु-याउने लक्ष्य राखेको छ । उनीहरुको प्रमुख उद्देश्य नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई प्रवद्र्धन गर्नु हो । साथै, उनीहरू शेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो ईभी (विद्युतीय सवारी) टोली हुन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x