Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘बजाज पाँचको पञ्च’ योजना

‘बजाज पाँचको पञ्च’ योजना


काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘बजाज पाँचको पञ्च’ नामक ग्राहक योजना ल्याएको छ ।

योजनाअन्तर्गत ग्राहकहरुलाई पाँचपटक जित्ने मौका दिइएको छ । कम्पनीका अनुसार यो योजना मा बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाइक किन्ने बेलामा एक हजार रुपैयाँ छुट पाउन योग्य भइनेछ । यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाइक रोजेपछि ५० हजार रुपैयाँसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट बाइक किन्ने बेलामा प्रदान गरिनेछ । त्यसपछि बाइक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेबापतको, शोरुममा गएर बाइक रोजेबापतको अनि किन्नलाई बुकिङ गर्दा पाइने एक लाख रुपैयाँसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो अफरबारे अरुलाई रिफर गरियो र किन्नेले पनि रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिङ प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै बम्पर पुरस्कारस्वरुप १० लाख रुपैयाँसम्म जित्ने मौका मिल्ने कम्पनीको भनाइ छ । यसरी समग्रमा सोचेर, हेरेर, किनेर, भनेर अनि बम्पर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामकरण पनि ‘बजाज पाँचको पञ्च’ भनेर गरिएको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x