केबलकारको सेवाले सराङकोट जाने पर्यटकको संख्या बढ्यो
पोखरा । अन्नपूर्ण केबलकार पोखराले सूर्यदर्शन सेवा सञ्चालनमा ल्याएपछि केबलकार चढेर सराङकोट पुग्नेहरुको संख्या बढ्नथालेको छ । कम्पनीले मंगलबारदेखि केबलकार सञ्चालनमा ल्याएको थियो ।
केबलकार सञ्चालनमा आएपछि सराङकोट पुग्नेहरुको संख्या करिब ५० प्रतिशतले वृद्धि भएको कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए । पर्यटकहरुको चाहनाबमोजिम बिहान ५ बजेदेखि नै सूर्यदर्शन (सनराइज) सेवालाई मध्यनजर गरी केबलकार सञ्चालनमा ल्याएपछि सूर्योदय अवलोकन गर्न सराङकोट पुग्नेहरुको संख्यामा वृद्धि भएको हो ।
यसअघि पोखराबाट (सनराइज) हेर्न सडकमार्ग हुँदै सराङकोट पुग्न समय र पैसा पनि धेरै खर्च हुने गरेको थियो । केबलकार सञ्चालनमा आएपछि भने सहज भएको कम्पनीको दाबी छ । नेपाली कांग्रेसका युवा नेता गंगाधर पराजुलीले बिहान उठेर गाडी मोटरसाइकल लिएर सराङकोट पुग्दा आधा घण्टाभन्दा बढी समय लाग्ने मात्र नभएर उकालो र साँघुरो सडक भएकोले कठिनाइ भोग्नुपरेकाहरुलाई केबलकारको सूर्य दर्शन सेवाले सहज बनाइदिएको बताए ।
साथै उनले पराजुलीले पोखराका स्थानीय सर्वसाधारणलाई दृष्टिगत गरी सुरुवातका दिनमा केबलकारको भाडामा केही छुट दिनसके वा सराङकोट पुगेका यात्रुलाई थप केही सुविधा दिन सकेमा यात्रुको संख्या अझै बढ्नसक्ने उल्लेख गरे । साथै उनले सराङकोटमा पुग्नेहरुलाई (सनराइज) र सनसेट हेर्न तथा हिम शृंखला र फेवाताल समेतको प्राकृतिक सुन्दरता हेर्नेका लागि व्यवस्थित पार्क वा अन्य स्थान बनाउनुपर्ने खाँचो औँल्याए । अहिले पोखराको लेकसाइडनजिक सेतीबगरबाट जम्मा १० मिनेटको समयमा नै सराङकोट पुगेर सूर्योदयका साथ मनमोहक हिमशृंखला हेर्न पाइन्छ ।
गत फागुन ६ गतेबाट सफ्ट ओपनिङ गरेर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिइरहेको केबलकारले मंगलबार अर्थात् चैत १ गतेबाट सूर्य दर्शन सेवा सुरू गरेको हो । नयाँ समयतालिकाअनुसार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म केबलकारले यात्रुहरुलाई सेवा दिनथालेको छ । यति बेला केबलकार चढ्नेहरु आन्तरिक पर्यटकहरु नै धेरै रहेको र विदेशी पर्यटकको आगमन नेपालमा बढेपछि उनीहरुको समेत संख्या बढ्ने अपेक्षा केबलकार व्यवस्थापनको छ ।
महाप्रबन्धक पौडेलले केबलकारसँगै अन्य मनोरञ्जनात्मक र साहसिक इभेन्टहरु थप गर्ने तथा यात्रुका लागि नयाँ प्याकेज ल्याउने सन्दर्भमा पनि छलफल भइरहेको जानकारी दिए । केबलकारमा आवतजावत गर्न कम्पनीले नेपालीका लागि सात सय रुपैयाँ, सार्कराष्ट्रका पर्यटकका लागि आठ सय रुपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरेको छ ।
पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केबलकारको लगानी दुई अर्ब रुपैयाँ पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । कम्पनीमा स्थानीयबासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया