Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिगमको नारिता उडान फागुन १९ गतेदेखि, भाडा ३७ हजार

निगमको नारिता उडान फागुन १९ गतेदेखि, भाडा ३७ हजार


काठमाडौं, माघ २८
नेपाल वायुसेवा निगमले फागुन १९ गतेदेखि जापानको नारितामा हप्ताको तीन दिन सिधा उडान सुरु गर्ने भएको छ । एयरबस वाइडबडीबाट गरिने सिधा उडान सोमबार, बुधबार र शुक्रबार हुनेछ । बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपराह्न ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ ।

हालका लागि प्रवर्द्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार रुपैयाँ र दुईतर्फी भाडा ७३ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसका साथै बिजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५/२५ के.जी.का २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ के.जी.का २ वटा ब्यागेजको सुविधा पाउनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x