अशोक लेल्यान्डको मेगा सर्भिस क्याम्प
काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेल्यान्डले ‘मेगा सर्भिस क्याम्प २०२२’ सुरु गरेको छ । कम्पनीले देशभर आफ्ना १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी क्याम्प सुरु गरेको हो ।
आईएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठ, साथै अन्य यातायात क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा काठमाडौंमा संयुक्त रुपमा क्याम्पको उद्घाटन गरिएको थियो । यस योजनाअन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्ट्समा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म छुट र लेबर चार्जमा ३० प्रतिशत छुटका साथसाथै ४५ पोइन्ट फ्री चेक अप पनि उपलब्ध हुनेछ । यस सर्भिस क्याम्पको दौरान ग्राहकहरुले विभिन्न आकर्षक उपहारका साथसाथैै फ्रि गाडी वासिङ्ग, फ्रिटिसर्ट, एक लिटरसम्मको फ्रि इन्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् ।
कम्पनीका अनुसार यस सर्भिस क्याम्पको अफरहरु अशोक लेल्यान्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेहिकलका कुनै पनि मोडलका गाडीहरुमा लागू हुनेछ । ग्राहकहरुले अशोक लेल्यान्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्नेछन् । ‘सुरक्षित गाडीका लागि जेन्युन पार्ट्स प्रयोग गरौँ’ भन्ने नाराका साथ सुरु भएको यस योजना आइतबारदेखि सुरु भई आगामी ११ गतेसम्म लागू हुनेछ ।
आईएमई मोटर्सले ग्राहककोे निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । साथसाथै यस योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाइ छ । देशभर विभिन्न पार्ट्स तथा सर्भिस सेन्टरहरुबाट ग्राहकहरुमा सेवा प्रदान गर्न सफल मात्र नभई उक्त गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्ट्स सप्लाई पनि पर्याप्त मात्रामा गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया