Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली बजारमा ओप्पो ए७६ सार्वजनिक

नेपाली बजारमा ओप्पो ए७६ सार्वजनिक


काठमाडौं । स्मार्टफोन ब्राण्ड ओप्पोले नेपालमा आफ्नो ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ओप्पो ए७६ सार्वजनिक गरेको छ । ओप्पो ए७६ले ओप्पोको स्वामित्वको ओप्पो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तरता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्केको जनाएको छ ।

कम्पनीका अनुसार यसको ग्लो डिजाइन हेर्दा आकर्षक हुनुका साथै बोक्दा पनि उत्तिकै सहज तथा आरामदायी छ । यो फिंगरप्रिन्ट र धूलो प्रतिरोधात्मक पनि छ । ग्लोइङ ब्ल्यू (नीलो) र ग्लोइङ्ग ब्ल्याक (कालो) गरी दुई आकर्षक रंगमा उपलब्ध यो फोन पहिलेका फोनको तुलनामा अझ हल्का, चहकिलो र थप टेक्सचर्ड रहेको कम्पनीको भनाइ छ । ओप्पो ए७६मा ८९.९ प्रतिशत स्क्रिन–टु–बडी रेसियो र पञ्च होल डिस्प्ले डिजाइनसहितको ६.५६ इञ्चको एचडी डिस्प्लेको प्रयोग गरिएको छ । भिडियो हेर्दा तथा गेम खेल्दा सहज तथा आरामदायी अनुभव प्रदान गर्न यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिएको छ । फोनको साइडमा फिंगरप्रिन्ट सेन्सर दिइएको छ । फोनको साइडमा दिइएको यो पातलो फिंगरप्रिन्ट सेन्सर र बटन्सले फोनलाई अझ हल्का, पातलो, बोक्दा आरामदायी र हेर्दा थप आकर्षक बनाएको छ ।

साथै ओप्पो ए७६मा ३३ वाट सुपरभोक चार्जिङ सुविधासहितको पाँच हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको छ । यसमा रहेको फास्ट चार्जिङ प्रविधिको सहायताले फोनलाई मात्र पाँच मिनेट चार्ज गर्दा ३.५ घण्टाको टकटाइम पाउन सकिन्छ । यस फोनका साथमा ओप्पोले हार्डवेयरका साथै सुपर पावर सेभिङ्ग मोड, सुपर नाइटटाइम स्ट्यान्डबाई र अप्टिमाइज्ड नाइट चार्जिङलगायत फिचरमार्फत ब्याट्रीको क्षमतामा सुधार दिँदै टिकाउ तथा सुरक्षित प्रयोग अनुभवको सुनिश्चितता प्रदान गरेको जनाएको छ । क्वालकम स्न्यापड्रागन ६८०द्वारा सञ्चारित ओप्पो ए७६ मल्टिटास्किङका लागि समेत उपयुक्त छ । ६ जीबी प्लस १२८ जीबी क्षमताका साथमा सार्वजनिक यस फोनमा अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसमा १ टीबी क्षमतासम्मको माइक्रोएसडीको प्रयोग गर्न सकिन्छ ।

नयाँ हार्डवेयर परफरमेन्सको फाइदा लिन ओप्पोले सफ्टवेयर सुदृढीकरण पनि प्रस्तुत गरेको छ । यसमा रहेको कलरओएस ११.१मा समाहित बुलेट स्क्रिन म्यासेज, फ्लेक्सड्रप, थ्री–फिंगर ट्रान्सलेट विथ गुगल लेन्स र परिष्कृत प्राइभेसी फिचर्सलगायतले प्रयोगकर्तालाई सहज र सुदृढ प्रयोग अनुभव प्रदान गर्छ । फोनको प्रयोगमा स्मुथनेसको अनुभव प्रदान गर्न यसमा प्राविधिक अनुकूलनका रुपमा सिस्टम बुस्टर पनि दिइएको छ । साथै, लिंक बुस्ट २.०ले प्रयोगकर्ता बौद्धिकरुपमा कनेक्टेड रहने सुनिश्चितता प्रदान गर्दै न्यून विलम्बताका साथ उच्च गतिको इन्टरनेटको मज्जा पस्कन्छ ।

कम्पनीका अनुसार ओप्पो ए७६मा १.१२माइक्रोन र एफ २.० एपर्चरसहितको ८ एमपी अगाडि क्यामेरा दिइएको छ । यसले ३२६४×२४४८ रिजोलुसनसहितको पोट्रेट शट्स लिन सकिन्छ । यसमा दिइएको परिष्कृत एआई नेचुरल रिटचिङ ब्युटिफिकेसन प्रविधिले फ्रन्ट क्यामेराका लागि ब्लेमिस रिमुभल उपलब्ध गराई प्रयोगकर्ताका प्राकृतिक फेसियल फिचर्सको जगेर्ना गर्छ । यस्तै फोनको पछाडि रहेका डुअल रियर क्यामेरा सेटअपमा माथिल्लोपट्टि १२ एमपी एफ२.२ मेन सेन्सर र तलपट्टि सेकेन्डरीका रुपमा दुई एमपी बोके क्यामेरा उपलब्ध गरिएको छ । यो क्यामेराले सिक्सएक्स डिजिटल जुम र लगातार २० वटा कन्टिनुअस ब्रस्ट शट्स सपोर्ट गर्छ । यसमा रहेका फ्रन्ट र रियर दुवै क्यामेराले एचडीआर सपोर्ट गर्छन् । यसले अध्याँरो स्थानमा समेत विवरणको संरक्षण गर्ने क्षमता राख्छ । कम्पनीले यसको बजार मूल्य २९ हजार नौ सय ९० रुपैयाँ तोकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x