बेनेलीको ‘सोझै २५ हजार क्यास डिस्काउन्ट’ अफर
काठमाडौं । इटालीको उत्कृष्ट बाइक, बेनेलीले नयाँ क्याम्पेनअन्तर्गत ‘सोझै २५ हजार क्यास डिस्काउन्ट’, नो सेयर, नो लक, नो स्क्र्याच कुपन योजना ल्याएको छ । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि कम्पनीले २५ हजार रुपैयाँसम्मको नगद छुटको घोषणा गरेको हो ।
बेनेली बाइकका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सक्नेछन् । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । इटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लसर टुर सेग्मेन्ट बाइकहरु नेपालमा उपलब्ध छन् भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ ।
बेनेली बाइकहरु अत्याधुनिक सुविधाहरु, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय मानिन्छन् । कम्पनीका अनुसार सबै प्रकारका राइडरहरुको आवश्यकता पूरा गर्ने बेनेलीको १५० सीसीदेखि ७५२ सीसीसम्मका विभिन्न बाइकहरु नेपालमा उपलब्ध छन् । बेनेली ब्रान्ड परिष्कृत सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि विश्वव्यापी रुपमा परिचित छ ।
नेपालमा उपलब्ध बेनेलीका उत्पादनहरुमा टीएनटी १५ आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती जसमा ट्रेनिर फ्रेम, अपसाइड डाउन फोक्र्स र ईएफआई (इलेक्ट्रोनिक फिउल इन्जेक्सन) छ । यस्तै १८० एस आक्रामक तर आरामदायी छ । टीआरके २५१ प्यारालाल ट्विन इन्जिनसहित साहसिक यात्रा गर्नेहरुका लागि डिजाइन गरिएको हो । ७५२ एसले नेपालका बाटोहरुका लागि थप शक्ति र बल प्रदान गर्ने कम्पनीले जनाएको छ । बेनेलीले भर्खरै ९४ किलो तौलसहित थुप्रै सुविधाहरु रहेको पनेरा १२५ नेपालमा उपलब्ध गराएको छ । बेनेलीले यसका उत्पादनहरुको आफैँ टेस्ट राइड गरेर परीक्षण गर्न र यसमा रहेको फरक अनुभूति लिन सुझाव दिएको छ ।
नेपालमा स्थापना भएदेखि नै बेनेलीले आफ्ना ग्राहकका लागि विभिन्न योजना र अफरहरु ल्याइरहेको छ । कम्पनीले यो नयाँ वर्षको अफरले निरन्तर बढिरहेको सात हजारभन्दा धेरै उत्साही राइडरहरुको परिवारमा थप वृद्धि ल्याउने विश्वास लिएको छ । छ वर्षभन्दा बढी समयदेखि केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालि नेपालका लागि एक सय १० वर्ष पुरानो इटालियन ब्रान्ड बेनेलीको एकमात्र आधिकारिक वितरक र बिक्रेता हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया