भिभोको भी२३ई को ‘भीआर गोर्जस’
काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड भिभोले हालै नेपालमा भी२३ई सार्वजनिक गरेको छ । विश्वबजारमा धेरै प्रख्यात भी शृंखलामा हालै थपिएको भी२३ईले नेपालमा ग्राहकहरूबाट राम्रो प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । दुई दिनभित्र देशभरबाट आएका धेरै प्रि–बुकिङ अर्डरहरूले पनि यसको सफलतालाई दर्शाएको कम्पनीको भनाइ छ ।
साथै भिभोले भि२३ई को ‘भीआर गोर्जस’ व्यक्तित्व झल्काउने नेपालका प्रभावशाली व्यक्तिहरू प्रदीप खड्का, शुकदेव कार्की, सजन श्रेष्ठ, भेक र एन्जल महर्जनलगायतसँग सहकार्य गरेको छ । भिभोले ती प्रभावकारी व्यक्तिहरूलाई उनीहरूको फ्यानबेससँग मानिसहरु खास गरी भिन्नताका बाबजुद सुन्दर छन् भन्ने मर्म जगाउन र आफ्नो सुन्दर रुपान्तरण कथाहरू बताउन प्रोत्साहित गरेको छ ।
यस सहकार्यमा प्रदीप खड्काले यस पुस्ताले भित्री सुन्दरता अनुभव गर्न बढ्दो आवश्यकताबारे आफ्ना विचार राखेका थिए । उनले आफू जस्तो छ त्यसमै भित्री सुन्दरता र शान्ति खोजिरहेको आफ्नो विगत ६–७ वर्षदेखिको रूपान्तरणको यात्रा पनि सुनाए । उनले आफ्ना दर्शकहरूलाई आत्मसन्तुष्टिको अभिलाषा राख्न उत्प्रेरित गरे ।
त्यसैगरी सोबर वाङ डी अर्थात् छिरिङ वाङ डीले लागूऔषधको लतबाट मुक्तिको लामो रुपान्तरण यात्राबारे खुलासा गरे । सात वर्ष लामो यो कठिन यात्रामा उनी पूर्ण जोश र इच्छाशक्तिका साथ सफल भए । उनले समान मानिसहरूलाई उनीहरूको भित्री सुन्दरता पत्ता लगाउन मद्दत गर्न सोबर नामक सुधार केन्द्र स्थापना गरेको बताए । यसले लागूऔषधको लतबाट निको भइरहेका मानिसहरूलाई एक आश्रय र सही मार्गनिर्देशन दिएको छ ।
सोबर वाङ डीजस्ता व्यक्तित्वहरूको साथ उभिएर भिभोले रूपान्तरणमा मानव जीवनको एक हिस्सा भएको विश्वास गर्ने ब्रान्डको रूपमा आफूलाई सही रूपमा प्रदर्शन गरेको छ । यो सहकार्यले धेरै मानिसहरूलाई आफ्नो रुपान्तरणको यात्राबारे खुलेर बताउन प्रेरित गरेको कम्पनीको भनाइ छ ।
भिभोले सबैको आफ्नो एउटा सुन्दर कथा हुन्छ भन्ने विश्वासका साथ ‘सेयर योर गोर्जर स्टोरी’ नामक प्रतियोगिता समेत सुरु गरेको थियो । यसमा सहभागी भई दुई भाग्यशाली विजेताहरूले प्रदीप खड्कासँग फिचर हुने अवसरका साथै पाँच हजार नगद पुरस्कार जित्ने मौका पाएका थिए ।
सृष्टि शाही र सबरिना कंसाकार यस प्रतियोगिताको दुई भाग्यशाली विजेता घोषणा भएको कम्पनीले जनाएको छ । भी२३ई ले आफ्ना प्रयोगकर्ताहरूलाई सुन्दर सेल्फी अनुभव प्रदान गर्न फ्रन्टमा उच्च रिजोल्युसनको ५० एमपी अटोफोकस पोट्रेट सेल्फी क्यामेराको विशेषता ल्याएको छ । यसमार्फत प्रयोगकर्ताहरूले प्रत्यक्ष रूपमा भी२३ई को ‘भीआर गोर्जस’ ट्यागको सही रुपमा अनुभव लिन पाउनेछन् । यसमा आइसोसेल ३.० प्रविधि छ, जसले तस्बिर खिच्ने क्रममा प्रकाशको संवेदनशीलता बढाएर फोटोको गुणस्तरलाई अझ बढाउँछ ।
साथै, प्रयोगकर्ताहरूले यस प्रविधिमार्फत उचित प्रकाश नभएको अवस्थाहरूमा पनि भिभोको उत्कृष्ट क्यामेरा प्रदर्शनको अनुभव लिन सक्छन् । क्यामेरा मात्र नभएर, प्रविधि र डिजाइनको उत्कृष्ट तर सुन्दर संयोजनले गर्दा यस उपकरणले ‘भीआर गोर्जस’लाई पूर्ण रूपमा मूर्त रूप दिन्छ ।
भिभोको भरपर्दो नवीन टेक्नोलोजीसहितको स्लीक र फ्युचरिस्टिक डिजाइन बजारमा उपलब्ध अन्य प्रतिस्पर्धाबाट यो डिभाइसलाई अलग राख्ने एउटा विन्दु हो । यसमा भएको ८ जीबी -याम र १२८ जीबी/२५६ जीबी रोमको प्रिमियम स्पेसिफिकेशनले उत्कृष्ट अनुभव प्रदान गर्दछ जुन अपरिहार्य छ । यो सुन्दर उपकरण एक शक्तिशाली ४०५० एमएएच ब्याट्रीद्वारा सञ्चालित छ जसमा ४४ वाट फ्ल्यासचार्ज छ जसले प्रयोगकर्ताहरूलाई आफ्नो दैनिक कार्य र गतिविधिहरूभन्दा राम्रो प्रदर्शन गर्न अनुमति दिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया