Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक

नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक


काठमाडौं । इलेक्ट्रिक टु ह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ लाई नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो । साथै यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई बिहीबार चाबी हस्तान्तरण समेत गरेको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी निर्देशक प्रगुण राजभण्डारीले गरेका थिए ।

आधुनिक स्टायलसँगै स्मार्ट डिजाइन थिममा तयार पारिएको यो स्कुटर एकदमै स्टाइलिस देखिएको छ । यो स्कुटरमा कम्पनीले ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र तीन हजार वाट क्षमताको मोटर जडान गरेको छ । जसलाई सात घण्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि ८५ देखि एक सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ  । ८५ किलोमिटर प्रतिघण्टाको गतिमा हाँक्न सकिने यो स्कुटरको दुवै चक्कामा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ ।

यो स्कुटरमा रियर रिफ्लेक्टर, प्रोटेक्टर, स्टेरिङ ह्यान्डलबार लक, राइट ह्यान्ड कम्बिनेसन स्विच, फ्रन्ट फेन्डर, राइट रिफ्लेक्टर र भेहिकल आइडेन्टिफिकेसन नम्बरजस्ता फिचर्स दिइएको छ । रेड, ह्वाइट र ग्रे गरी कुल तीन कलर अप्सनमा उपलब्ध यसको सुरुवाती मूल्य तीन लाख २५ हजार रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x