Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमी १२ प्रोको लागि प्रि–बुकिङ खुल्ला

शाओमी १२ प्रोको लागि प्रि–बुकिङ खुल्ला


काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिजमध्ये शाओमी १२ प्रोको प्रि–बुकिङ खुल्ला गरेको छ । प्रि–बुकिङ शुक्रबारबाट मंगलबारसम्म खुल्ला हुनेछ ।

प्रि–अर्डरमा यो फोन विशेष अफरसहित उपलब्ध छ । उपभोक्ताहरुले यो फोन किन्दा पाँच हजार रुपैयाँको क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुथूठ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् । शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जीबी प्लस २५६ जीबीमा एक लाख १४ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन् ।

कम्पनीका अनुसार यसमा केही त्यस्ता विशेषताहरु छन्, जसले यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ । त्यस्तै विशेषतामध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुने हो । नेपालमा शाओमी १२ प्रो मात्र त्यस्तो फोन हो, जसमा १२० वाटको फास्ट चार्जिङ छ । यसले फोन १८ मिनेटमै फुल चार्ज गर्छ । शाओमी १२ प्रोमा एचडीआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले रहेको छ । यो १२ जीबी प्लस २५६ जीबीको स्टोरेजमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । आठ जेन वान स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० एमपीको मेन क्यामेरा र ५० एमपी टेलिफोटो प्लस ५० एमपी वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ ।

कम्पनीका अनुसार यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो, जसले ग्राहकलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ । तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ, यसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ । सेल्फीको लागि यसमा ३२ एमपीको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ । यसमा हर्मन/कर्डोनका ४ वटा स्पिकरहरु छन् जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ । शाओमी १२ प्रो मी स्टोर र रिटेल स्टोरहरुमा प्रि बुकिङको लागि खुल्ला रहेको र मार्च ३० देखि बिक्री सुरु हुने कम्पनीको भनाइ छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x