भारतीय ब्राण्ड ओडीसीका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर नेपाली बजारमा
काठमाडौं । इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्राण्ड ओडीसीका उत्पादनहरु नेपाली बजारमा बिक्रीवितरण सुरु भएको छ । इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको राजधानीको नक्सालस्थित शोरुममा उद्घाटन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारीसाधनको प्रयोग गर्न सबैलाई आग्रह गरे ।
विद्युतीय सवारीसाधन प्रयोगमा ढिलाइ गर्न नहुने भन्दै उनले विद्युतीय सवारीसाधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेसनको व्यवस्था गर्न लागिएको बताए । नेपालका लागि ब्राण्ड ई गो अटोमोटिभले उक्त उत्पादनहरु नेपाली बजारमा बिक्रीवितरण सुरु गरेको छ । भारतकै ओएचएम नामक कम्पनीले ओडीसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ । भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरुले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडीसीका संस्थापक करनाकर रेड्डीले बताए । नेपालका लागि ब्राण्ड ई गो अटोमोटिभसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको उनले बताए । नेपालका लागि ब्राण्ड ई गो अटोमोटिभको ब्राण्डमा आधिकारिक शोरुम नक्सालस्थित मेरिअट होटलको अगाडि शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
यो शोरुमबाट मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडलहरुको बिक्रीवितरण हुने ब्राण्ड ई गो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझीले बताए । ब्राण्ड ई गो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपैयाँबराबरको विद्युतले ८० किलोमिटर गुड्नसक्ने कम्पनीका सञ्चालक रायमाझीले बताए । यी स्कुटरमा वातावरणअनुसार उज्यालो दिने एलइडी हेडलाइट, रेयर–डिस्क ब्रेकवाटर प्रुफिङ, ब्लू टूथ, कि–लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम र फेलियर इन्डिकेसन सिस्टमलगायत विशेषता छन् ।
फेलियर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ । कम्पनीका उत्पादनहरु स्पोर्टी, क्याजुअल र स्टाइलिस भएकाले सबैखाले उपभोक्ताको रोजाइमा आफुहरुकै उत्पादनहरु पर्नेमा विश्वस्त रहेको कम्पनीको भनाइ छ । यी मोटरसाइकल तथा स्कुटर पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल तथा यसमा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको कम्पनीका संस्थापक करनाकर रेड्डीले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया