Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगन्येफको मेची महाकाली मोटर -यालीे

न्येफको मेची महाकाली मोटर -यालीे


काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (न्येफ)ले पहिलोपटक मेची महाकाली मोटर -यालीे आयोजना गरेको छ । उक्त मोटर -यालीको नारा ‘आन्तरिक पर्यटनको लागि सबै सँगै’ रहेको छ । यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी हुने आयोजकले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयबाट बिहीबार टोलीको विदाइ गरेका थिए । -याली सोमबारसम्म चल्नेछ । न्येफका अध्यक्ष उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न यो मोटर -याली देशव्यापी रुपमा आयोजना गरिएको हो । व्यक्तिगत, सामूहिक र सार्वजनिक व्यापार व्यवसायलाई प्रवर्द्धन गरी उत्साह बढाउन यसले सघाउ पु-याउने उनको दाबी छ । साथै यस मोटर -यालीले व्यापार व्यवसाय उजागर गर्न अवसर तथा स्थान उपलब्ध गराउने, व्यवसायीलाई पुनर्ताजगी हुन र स्थानीय संस्कृतिलाई प्रचारप्रसार गर्न यसले बल पु-याउने तथा देशका विभिन्न स्थानहरुको चिनारी गर्न र सबै च्याप्टरका पदाधिकारीहरुबीच भेटघाट तथा भ्रमण गर्न सहयोग गर्ने बताए ।

मोटर ¥याली काठमाडौं, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ । त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्ने र मंगलबार मोटर ¥यालीको विधिवत् समापन हुने आयोजकले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x