Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजगदम्बा स्टिल्सद्वारा ग्याल्भा प्लस र सुपर शाइन सार्वजनिक

जगदम्बा स्टिल्सद्वारा ग्याल्भा प्लस र सुपर शाइन सार्वजनिक


काठमाडौं । जगदम्बा स्टिल्सले हालै नेपाली बजारमा ग्याल्भा प्लस र सुपर शाइन प्रस्तुत गरेको छ । कम्पनीले केही समयअघि मात्र सिमरास्थित अत्याधुनिक नयाँ प्लान्टको स्थापना गरी उत्पादन कार्य सुरु गरेको हो ।

कम्पनीका अनुसार जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एल्युमिनियम–जिंक कोटेड शिट उत्पादन हो, यसमा तौलको हिसाबले ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित हुन्छ । जगदम्बा ग्याल्भा प्लसले फलामलाई अक्सिडेसनबाट बचाउँछ र उत्पादनलाई सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ बनाउँछ । विभिन्न रंगको विकल्पमा उपलब्ध यही ग्याल्भा प्लसलाई भने जगदम्बा सुपर शाइनको नाम दिइएको छ । नाम र रंगमा फरक भए पनि यसको उत्पादन र रासायनिक गुणहरू एउटै हुन् । विभिन्न आकर्षक रंगले कोटिङ गरिएको जगदम्बा सुपर शाइन जस्ता पाताहरू कच्चा मालको रूपमा आल्मुनियम–जिंक कोटेड प्लेट (पीपीजीएल) प्रयोग गरी निर्माण गरिन्छ । आल्मुनियमले जगदम्बा ग्याल्भा प्लस वा जगदम्बा सुपर शाइनलाई नेपाली बजारमा उपलब्ध साधारण ग्याल्भेनाइज्ड स्टिलभन्दा भिन्न बनाउँछ ।

जगदम्बा ग्याल्भा प्लस नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्याल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित पहिलो एल्युमिनियम–जिंक कोटिङ भएको उत्पादन हो । जगदम्बा ग्याल्भा प्लस पाताको उत्पादनमा नवीनतम विश्व प्रख्यात प्रविधि र सर्वोत्कृष्ट उपकरणको प्रयोग छ । साथै कम्पनीले यसलाई नेपालको औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात गरेको छ । जगदम्बा स्टिलका उत्पादनहरु, जगदम्बा सुपर शाइना र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यान्मारमा उच्च मागका साथ आपूर्ति हुनथालेका छन् । जगदम्बा ग्याल्भाप्लसको प्राथमिक फाइदा यसको खिया प्रतिरोधात्मक विशेषता हो । जगदम्बा ग्याल्भा प्लसमा एन्टि–कोरोजन प्रविधिसहित निर्माण गरिएको हो । आल्मुनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्दछ ।

जगदम्बा सुपर शाइन, प्रिमियम रंगद्वारा कोटिङ गरिएका पाताहरूले उत्कृष्ट रंग प्रविधि (सुपिरियर पेन्ट टेक्नोलोजी) प्रयोग गर्छ जसले थप सुरक्षा प्रदान गर्दछ । उक्त पेन्ट प्रविधिले पेन्ट फुट्न र चर्किनबाट रोक्छ । अन्य कम्पनीका साधारण पेन्ट कम समयमै फिका हुँदै जान्छ र १–२ वर्षमा छाना पुरानो देखिन थाल्छ । यस प्रविधिले धेरै वर्षसम्म छानालाई नयाँ राखी घरलाई अतिरिक्त सौन्दर्य प्रदान गर्ने सुनिश्चित गर्छ । ग्राहकहरूमाझ गुणस्तरीय उत्पादन पु-याने उद्देश्यले जगदम्बा ग्याल्भा प्लस विस्तृत गुणस्तर परीक्षणहरूको माध्यमबाट प्रशोधन गरिन्छ । जगदम्बा सुपरशाइनको सतहमा एक सुरक्षात्मक ‘गार्ड फिल्म’को प्रयोग गरिएको हुन्छ, जसले गर्दा ढुवानी र भण्डारणको समयमा सम्भावित क्षतिलाई रोक्छ । ग्याल्भा प्लसको प्रयोग निर्माणमा छत, क्लेडिङ, संरचनात्मक सेक्सन, प्यानल आदिमा प्रयोग गरिन्छ भने विद्युतीय उपकरण वाशिङ मेसिन, फ्रिज, टोस्टर, माइक्रोवेभ आदिमा पनि प्रयोग गरिन्छ । साथै अन्य कार्यहरू जस्तै एयर डक्ट, लाइटिङ, कम्प्युटर केसिङ आदिमा प्रयोग हुन्छ ।

प्रतिष्ठित निर्माण समूह शंकर ग्रुपअन्तर्गत जगदम्बा स्टिल्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो, जसको उत्पादन क्षमता वार्षिक तीन हजार मेट्रिक टन, रोलिङ मिल (टीएमटी) क्यापासिटी छ । साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि हो । नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादन कम्पनीको रूपमा जगदम्बा स्टिल्सले विभिन्न प्रकारका स्टिल उत्पादन बजारमा ल्याई उत्पादन विविधीकरणको कोशेढुंगा पार गरिसकेको छ ।

साथै, यस कम्पनीले देशको मागअनुसार उत्पादन क्षमता विस्तार गर्नुको साथै रोजगारी सिर्जनाको सन्दर्भमा देशलाई थप आर्थिक सहयोग प्रदान गर्दै कुल घरेलु उत्पादन तथा कर योगदानमा पनि विशेष सहायता दिँदै आएको छ । उत्पादन तथा प्रविधिमा सफलतापूर्वक नवप्रवर्तन हासिल गर्दै २५ वर्ष पूरा गरिसकेको जगदम्बा स्टील्स ग्याल्भा प्लसपश्चात् पनि थप अत्याधुनिक निर्माण सामग्री यहाँको बजारमा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ । हाल जगदम्बा स्टिल्सले एक लाख ३२ हजार टन प्रतिवर्ष ग्याल्भा प्लस र एक लाख १० हजार टन प्रतिवर्ष सुपर शाइन उत्पादन गर्दै आएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x