शिवम् सिमेन्टद्वारा चरिकोटमा ग्राहक अन्तर्क्रिया कार्यक्रम
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले दोलखाको सदरमुकाम चरिकोटमा निर्माण कार्य गरिरहेका ग्राहकहरुसँग ‘ग्राहक अन्तर्क्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । निर्माणसम्बन्धी विभिन्न निकायका प्रतिनिधिहरु उपस्थित उक्त कार्यक्रममा हाल निर्माणकार्य गरिरहेका ४० ग्राहकहरु उपस्थित रहेका थिए ।
चरिकोटस्थित होटल एम्ब्रोसियाको हलमा सञ्चालित उक्त कार्यक्रममा मालपोत कार्यलय प्रमुख, नापी विभाग नि. प्रमुख, भवन तथा पुनर्निर्माण कार्यालयका इन्जिनियर तथा मालपोत कार्यलयमा कार्यरत अमिनसहितको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिहरुले भवन निर्माण प्रक्रिया, निर्माणपूर्व ग्राहकहरुले सम्बन्धित निकायबाट लिनुपर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय निर्माण सामग्रीको महत्व आदि विषयमा प्रस्ट्याएका थिए । कार्यक्रममा निर्माणकार्य गरिरहेका ग्राहकहरुलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकार्र्य गर्दा दिनँहु आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।
कम्पनीले ग्राहकहरुसँग अझ बढी अन्तर्सम्बन्ध कायम राख्न अन्तर्क्रिया कार्यक्रम सुरुवात गरेको जनाएको छ । निर्माणकार्य गरिरहेका ग्राहकहरुले निर्माण सम्बन्धी दक्ष प्राविधिकद्वारा निर्माण सम्बन्ध प्राविधिक सेवा लिन चाहे कम्पनीले निरन्तर रुपमा बिक्रीपछिको निःशुल्क प्राविधिक सेवा समेत दिँदै आइरहेको छ । निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. १६६००१२३३२१ (एनटीसी) ९८०१५७५५७५ (एनसेल) मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया