Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमी १२ प्रो नेपाली बजारमा

शाओमी १२ प्रो नेपाली बजारमा


काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रोको लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफी र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो ।

शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पण्डाले नयाँ–नयाँ प्रविधि र नयाँँ–नयाँँ फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि कम्पनी सधैँ टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइनयुक्त डिभाइसहरु ल्याउन केन्द्रित रहेको बताए । यसै सिलसिलालाई निरन्तरता दिँदै शाओमी १२ प्रो लन्च गरेको उनको भनाइ छ । शाओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिन्छ । ८ केसम्मको भिडियोहरु रेकर्ड गर्न सक्ने ५० एमपी वाइड एंगल मुख्य क्यामरासहितको प्रो ग्रेड ट्रिपल क्यामेराले यसलाई आकर्षक लुक दिनुको साथै तस्बिरहरु पनि अत्यन्त राम्रो रेजोलुसनको लिन्छ । यसमा भएको सोनीको अल्ट्रा लार्ज आइएमएक्स७०७ मेन सेन्सरले सबै तिरबाट उज्यालो तान्दै फास्टर फोकस स्पिड र इम्प्रुभ्ड कलर एक्युरेसीको साथ झन राम्रो तस्बिर लिन सक्छ ।

यो फोनमा अत्याधुनिक एआई अल्गोरिदम पनि छ । साथै यसको फेस अटो फोकस र आइ अटो फोकस पनि पहिलाको मोडलहरुभन्दा अझै सुधारिएको छ । यसमा भएको अल्ट्रा नाइट भिडियो फिचरले रातिको अँध्यारोमा पनि राम्रोसँग भिडियो रेकर्ड गर्न सक्छ । यसको साथै यसमा भएको वान क्लिक सिनेमा फिचरमा प्यारालल वल्र्ड, फ्रिज फ्रेम भिडियो, म्याजिक जुम मोडजस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्नसक्ने सामथ्र्य राख्छन् । साथै यसमा भएको ४एनएमको प्रोसेसरले जीपीयू ग्राफिक रेन्डरिङ क्षमतालाई ३० प्रतिशतसम्म बढाउनुको साथै योभन्दा पहिलाको फोनको तुलनामा यसमा २५ प्रतिशत बढी ब्याट्री टिक्छ । साथै यसमा यूएफएस ३.१ स्टोरेज भएकोले एप लोडिङ र डेटा ट्रान्स्फरको स्पिड एकदमै चाँडो हुन्छ । यसमा ६४ सय एमबीपीएस एलपीडीडीआर५ -याम रहेको छ ।

कम्पनीका अनुसार यसमा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटिमा कैद गर्न र पछिको लागि हेर्न पनि मजा आउँछ । ट्रु कलर सपोर्ट गर्ने र डिस्प्ले मेट आरले एप्लस रेटिङ गरेको एमोलिड डट डिस्प्ले भएको हुँदा यसमा स्पष्टसँग भिडियो हेर्न सकिन्छ । साथै यसमा स्क्रयाच रेसिस्टान्ट कर्निङ गोरिल्ला ग्लास भिक्टस राखिएको हुँदा स्क्रिन कोरिने चिन्ता हुँदैन । यसको स्मुद भ्युइङ, स्क्रोलिङ, स्वाइपिङ र स्लाइडिङले फ्ल्यागशिप डिस्प्लेलाई रिडिफाइन गरेको छ । प्रो–ग्रेड अडियोविना सिनेम्याटिक एक्स्पिरियन्स लिनै सकिँदैन । त्यसैले यसमा डल्बी एट्मस आर पावर्ड हर्मन कार्डोनको साउन्ड सिस्टम राखिएको छ, जसले इमर्सिभ अडियो एक्स्पिरियन्स प्रदान गर्छ ।

प्रयोगकर्तालाई अझै राम्रो अनुभव प्रदान गर्न यसमा एमआईयूआई १३ छ जुन यसै वर्ष विश्वव्यापी रुपमा रिलिज भएको थियो । एमआईयूआई १३ ले फोनमा चाँडो स्टोरज गर्न, ब्याकग्राउन्ड प्रोसेसिङ उच्च प्रभावकारी रुपमा र स्मार्ट तरिकाले गर्न र ब्याट्री लाइफ लामो बनाउने काम गर्छ । साथै यसमा शाओमीको प्रोप्राइटरी लिक्विड स्टोरेज, अटोमाइज्ड मेमोरी, फोकस्ड अल्गोरिदम र स्मार्ट ब्यालेन्स जस्ता नयाँँ फिचरहरु पनि छन् ।

शाओमी १२ प्रोको नेक्स्ट लेभल चार्जिङ स्पिड र सेफ्टी छ, जसले गर्दा यसले पूरा दिन प्रो–ग्रेडको सिनेम्याटिक मनोरञ्जन प्रदान गर्न सक्छ । यसको १२० वाटको हाइपर चार्ज फिचरले चाँडो फोन चार्ज गर्ने कम्पनीको दाबी छ । यसको ब्याट्री बुस्ट मोडमा जम्मा १८ मिनेटमै फुल चार्ज हुन्छ । यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स वायरलेस चार्जिङको सुविधा पनि छ । यसको अडप्टिभ चार्ज फिचरमा भएको स्मार्ट चार्जिङ एल्गोरिदमले ब्याट्रीको शेल्फ लाइफ पनि बढाउँछ ।

यसको डिजाइन यस्तो तरिकाले गरिएको छ कि औसत नेपालीको हातमा यो फोन आरामसँग अट्छ । यसको स्लिम र हाइ कपासिटीको ब्याट्री अनि सानो रिज ग्यापले फोनको स्पेस पनि मजासँग सेभ गरेको छ । यसको ६.७३ इन्चको स्लिक मिडल फ्रेम डिस्प्लेलाई सोफिस्टिकेटेड थ्री डि कर्भले झनै आकर्षक देखाएको छ ।

कम्पनीका अनुसार १२ जीबी प्लस २५६ जीबीको स्टोरेजमा यो फोन नीलो र बैजनी रङमा शाओमीको आधिकारिक स्टोरहरुमा उपलब्ध रहेको छ । यसको मूल्य एक लाख १४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x