Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमंगलम् सीपीभीसी प्लस पाइपलाई नेपाल गुणस्तर चिह्न

मंगलम् सीपीभीसी प्लस पाइपलाई नेपाल गुणस्तर चिह्न


काठमाडौं । नेपालको पहिलो सीपीभीसी पाइप उत्पादक र निर्यातकर्ता मंगलम् इन्डस्ट्रिजबाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको छ । यसका एसडीआर ११ (१५ र ५० मिमि) र एसडीआर १३.५ (२० र ५० मिमि) लाई नेपाल गुणस्तर चिह्न ५७० प्रदान गरिएको हो ।

बजारमा लामो समयदेखि गुणस्तरीय उत्पादन दिइरहेको मंगलम्को पीभीसी र एचडीपीई पाइपले भने पहिलेदेखि नै नेपाल गुणस्तर मान्यता पाइसकेका छन् । गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनहरुलाई गुणस्तरको मानकको रुपमा यो चिह्न प्रदान गर्दै आएको छ । नेपाल गुणस्तर चिह्न अन्तर्राष्ट्रिय मान्यताप्राप्त रहेको र यो चिह्न पाएका उत्पादनहरु गुणस्तरीय र नेपाली बजारमा बिक्रीयोग्य मानिन्छन् ।

मंगलम् इन्डस्ट्रिजका उपाध्यक्ष प्रदिप शुक्लाले उत्पादन प्रक्रियामा सबै मापदण्ड पु¥याएका, गुणस्तरीय र सुरक्षित उत्पादनहरुलाई गुणस्तर विभागले यो चिह्न प्रदान गर्दै आइरहेको बताए । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले निर्माणकार्यमा आवश्यक पाइप्स र फिटिङ्स नेपालमै उत्पादन गर्दै आइरहेको छ । मंगलम्को हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चापदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् ।

मंगलम्को यी उत्पादनहरु प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीहरुको साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ भएको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x