हरियो झण्डा देखाएर रेलको समुद्घाटन
दुई घण्टामा जयनगरबाट जनकपुरधाम आइपुग्यो रेल
जनकपुरधाम । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट हरियो झण्डा देखाएर जनकपुरको कुर्था–जयनगरसम्म रेलसेवाको उद्घाटन गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदीले नयाँदिल्लीबाट रिमोट थिचेर रेलसेवाको उद्घाटन गरेका हुन् । दुई देशका प्रधानमन्त्रीले शनिबार उद्घाटन गरेसँगै ३५ किलोमिटरको उक्त रेलसेवा नियमितरूपमा सञ्चालन हुने भएको छ ।
उद्घाटनपछि शनिबार दिनकोे एक बजे भारतको जयनगरबाट गुडेका रेल दुई घण्टामा जनकपुर आइपुगेको थियो । रेललाई दुवै देशका नागरिकले हात हल्लाएर स्वागत गरेका थिए । रेल्वे हेर्नका लागि बिहानैदेखि जनकपुरमा हजारौँको संख्यामा स्थानीयहरू पुगेका थिए । आठ वर्षपछि जयनगरबाट जनकपुरधामका लागि रेल गुडेपछि धनुषावासीहरू खुसी भएका छन् । धनुषा खजुरीका जिबस दासले रेल गुडेपछि आफूहरूलाई सहज हुने बताए । जयनगरदेखि जनकपुरधामसम्म अब हरेक दिन दुई/दुई पटक रेलसेवा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जनकारी दिए ।
नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौताअनुसार जयनगर–जनकपुर–भंगहा–बर्दिवास रेलमार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ गतेदेखि रेलसेवा बन्द भएको थियो । विगत आठ वर्षदेखि दुःख सहेर बसेका व्यावसायीहरूको अनुहारमा शनिबारबाट नियमित रेलसेवा सञ्चालन हुने भएपछि उमङ्ग र रौनक छाएको छ । दैनिक मजदुरी गर्नेहरू खुसी देखिएका छन् । शनिबार स्टेसनदेखि भानुचौकसम्मका प्रायः सम्पूर्ण पसल खुला नै थिए । नेपाल रेल्वे कम्पनीले सार्वजनिक गरेको समय तालिकाअनुसार दैनिक दुईवटा अप र दुई डाउन रेलसेवा सञ्चालन हुनेछ । एक पटकमा एक हजार तीन सय यात्रु बोक्ने क्षमता भएको रेलमार्फत दैनिक पाँच हजारभन्दा धेरै यात्री जनकपुर आउनेछन् । जनकपुरधामबाट जयनगरका लागि समान्य टिकट ७० रूपैयाँ र एसीकोचतर्फ तीन सय ५० रूपैयाँ भाडा निर्धारण गरिएको छ ।
२०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो । २०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो । भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रूपैयाँमा तयार गरेर दिएको हो । यसअघि १९९४ सालमा महोत्तरी जंगलबाट साखुको गोलिया काठ ओसार्न भारतले निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगरसम्म संचालनमा थियो । तर २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएपछि रेलसेवा जनकपुरदेखि जयनगरमा सीमित हुनपुगेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया