Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकस्पेटको नयाँ स्मार्टवाच म्याजिक थ्रीएस तथा ट्यांक एम१ नेपालमा

कस्पेटको नयाँ स्मार्टवाच म्याजिक थ्रीएस तथा ट्यांक एम१ नेपालमा


काठमाडौं । नेपालका लागि कस्पेटको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजी प्रालिले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरु लन्च गरेको छ । कम्पनीले नेपाली बजारको मागलाई ध्यानमा राखेर पहिलोपटक फोन कल गर्न सकिने स्मार्टवाच ल्याएको हो ।

कम्पनीले नेपाली बजारमा युरोपको स्मार्टवाच ब्राण्ड कस्पेट म्याजिक थ्रीएस र कोस्पेट ट्यांक एम१ स्मार्टवाचहरु भित्र्याएको हो । यी दुवै स्मार्टवाचहरु नेपालभर उपलब्ध भइसकेका छन् । कस्पेटका सम्पूर्ण स्मार्टवाचहरु युरोपेली मापदण्ड र स्तरअनुसार उत्पादन गरिएका छन् ।

कस्पेट म्याजिक थ्रीएस : म्याजिक थ्रीएस नामक नयाँ मोडलको स्मार्टवाचमा आईफोन तथा कुनै पनि एन्ड्रोइड स्मार्टफोनमा कनेक्ट गरेर स्मार्टवाचबाटै सिधै भ्वाइस कल गर्न वा कुराकानी गर्न सकिने फिचर छ । यो स्मार्टवाचमा १.६९ इन्चको टीएफटी डिस्प्ले राखिएको छ भने पावरका लागि २६० एमएएचको ब्याट्री प्याक छ । कस्पेट म्याजिक थ्रीएस स्मार्टवाचलाई एकपटक चार्ज गरेपछि सात दिनसम्म सजिलै चलाउन सकिन्छ ।

कस्पेटको म्याजिक थ्रीएस स्मार्टवाचमा २० विभिन्न प्रकारका स्पोर्ट्स मोड छन् भने यसले ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ । त्यसैगरी प्रयोगकर्ताको शरिरको तापक्रम नाप्ने सुविधा समेत छ । स्मार्टवाच आईपी६७ वाटर रेसिस्ट्यान्टसहित आउनेछ । यसको सबैभन्दा महत्वपूर्ण फिचर भनेको ब्लुटूथमार्फत आफ्नो फोनमा कनेक्ट गरेर भ्वाइस कल गर्न सकिने रहेको छ ।

कस्पेट ट्यांक एम१ : यो स्मार्टवाच स्पोर्टीलुक मनपराउने प्रयोगकर्ताहरुका लागि ध्यानमा राखेर ल्याईएको हो । कस्पेट ट्यांक एम१ मा १.७२ इन्चको ठूलो टीएफटी डिस्प्ले साइज राखिएको छ । यसमा ३८० एमएएचको पावरफुल ब्याट्री छ, जसले एक चार्जमा १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । ट्यांक एम१ स्मार्टवाचमा २० वटा फरक स्पोर्ट्स मोडहरु छन् भने यसले प्रयोगकर्ताको ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्छ ।

स्मार्टवाच ५ मिटरसम्म पानीमा पर्दा पनि केही नहुने किसिमको वाटर रेसिस्ट्यान्ट प्रविधियुक्त रहेको छ भने ५० वटा वाच फेसेज, कल रिमाइन्डर छ । आउटडोरको लागि निकै उपयुक्त यो कस्पेट ट्यांक एम१ डस्टप्रुफ र शकप्रुफ रहेको छ । यो विशेषगरी यात्रा गरिरहन मन पराउने र ट्रेकिङ जानेहरुको लागि उत्कृष्ट रोजाइ हुन सक्नेछ ।

नेपाली बजारमा कस्पेटका स्मार्टवाचहरु बिक्री गर्दै आएको क्रोमा टेक्नोलोजीका बिक्री प्रबन्धक नवीन पण्डितले यी युरोपियन ब्राण्डका स्मार्टवाचहरु नेपालमा पहिलोपटक आएका र यसले ग्राहकहरुलाई सन्तुष्ट पार्दै आएको बताए । कम्पनीले नेपाली बजारमा कस्पेटका सम्पूर्ण स्मार्टवाचहरुमा १२ महिनाको वारेन्टी दिएको छ । बजारमा कस्पेट म्याजिक थ्रीएसको बजार मूल्य सात हजार चार सय ९९ रुपैयाँ तथा कस्पेट ट्यांक एम १ को मूल्य सात हजार एक सय ९९ रुपैयाँ तोकेको छ । यी स्मार्टवाचहरु नेपालभर उपलब्ध रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x