Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहासंघ र एनसेलको सहकार्यमा १५औं दरबारमार्ग महोत्सव हुने

महासंघ र एनसेलको सहकार्यमा १५औं दरबारमार्ग महोत्सव हुने


काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूलनारासहित काठमाडौंको दरबारमार्गमा १५औँ दरबारमार्ग महोत्सव २०७९ आयोजना हुनलागेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघसँगको विशेष सहकार्यमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग मिलेर वैशाख ३ गते महोत्सव संयुक्त रूपमा आयोजना गर्नलागेको छ । महोत्सवको सह–प्रायोजकमा गोरखा ब्रुअरी रहेको छ । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पु-याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवलाई नेपाली नयाँ वर्षको अवसरमा वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष आयोजना गरिनेछ । यो महोत्सवमा सम्पूर्ण रुपमा नेपाली कला संस्कृति झल्किने प्रस्तुति गरिनेछ । वैशाख ३ गते बिहान १० बजे सातै प्रदेशको सँस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुति गरिनेछ । दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नाराणहिटी संग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो सन्देशमा थलिएको पर्यटन उद्योगलाई यसले राहत दिने बताए । राजधानीमा हुने यो कार्यक्रमले देशैभर निकै ठूलो सन्देश जाने उनको आशा छ । थलिएको अर्थतन्त्र, उद्योग व्यवसायमा कसरी सकारात्मक ऊर्जा प्रवाह गर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गोल्छाले बताए । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले कोभिड महामारीको कारण विश्व पर्यटन क्षेत्रले ठूलो चुनौतीको सामना गरिरहेको र अर्थतन्त्रमा पर्यटन एक प्रमुख आधार रहेकोले आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा माझौला उद्यमलाई प्रवर्द्धन गर्दै पुनरूत्थानमा सहयोग पुर्याउन महासंघसँग सहकार्य गरेको बताए ।

महोत्सवको सोही दिन बिहान ११ः३० बजे औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ । बेलुका ८ः१५ बजेसम्म मनोरञ्जनात्मक प्रस्तुतिहरु हुुनेछन् । महोत्सवमा दिपक बज्राचार्य, समृद्धि राई विथ ब्याण्ड, सुवानी मोक्तान, सन्दिप क्षेत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधालगायत अन्य समूहहरुजस्तै सृष्टि केसी एन्ड ब्लाइन्ड रक्स, रुशान एन्ड लज्जु, एभरेष्ट क्रु, महेश काफ्ले, कववेब र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिनेछन् । साथै सातै प्रदेशबाट विभिन्न जात जातिको साँस्कृतिक नृत्यहरु दरवारमार्ग आसपासका सडकमा प्रस्तुति गरिनेछ ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा महोत्सव अवधिभर विभिन्न नेपाली खानाको परिकारहरु र नेपाली उत्पादनहरुको स्टल प्राथमिकताका साथ राखी विशेष प्रस्तुति र प्रदर्शन समेत गरिने छ । महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन् । महोत्सव क्षेत्रमा बालबालिकाका लागि छुट्टै किड्स जोनको व्यवस्था गरिएको छ ।

महोत्सवमा हुने स्टलहरुमध्ये केही स्टलहरुमा शरीरका रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरुलाई पनि प्रदर्शनीमा राखिनेछ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ । हाल ९० प्रतिशत बढी जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x