टोस्टमास्टर्स नेपालले वार्षिक साइटेसन सम्मेलन गर्ने
काठमाडौं । टोस्टमास्टर्स नेपालको चौथो वार्षिक डिभिजन सम्मेलन आगामी शनिबार ठमेलको अलफ्ट काठमाडौँमा आयोजना हुने भएको छ । उक्त सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यावसायिक संगठन र अन्य समुदायका करिब चार सय ५० सदस्यहरु उपस्थित हुनेछन् ।
यो कार्यक्रमको मुख्य आकर्षण हयुमरस स्पिच प्रस्तुति रहेको छ, जसमा विभिन्न तीन डिभिजनका प्रतिनिधिहरुले ह्युमरस स्पिच कसरी दिने भन्ने विषयमा प्रस्तुति दिनेछन् । हरेक वर्ष एक जना गैर टोस्टमास्टरलाई उनको सञ्चार र नेतृत्वक्षमताको लागि ‘दि कम्युनिकेटर अवार्ड’ प्रदान गरिन्छ । २०१९ मा भएको साइटेसन सम्मेलनमा रेडियो नेपालका लोकप्रिय रेडियोकर्मी कृष्णा ताम्राकारलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा टोस्टमास्टर्स सदस्यहरुले आफ्नो गायन तथा सांस्कृतिक प्रतिभा प्रदर्शन गर्नेछन् । सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबाट सुरुवात भएको टोस्टमास्टर्समा सन् २०१७ सम्म पहिलो कर्पोरेट क्लब–लक्ष्मी बैंक टोस्टमास्टर्स क्लबलगायत आठवटा क्लब मात्र थियो । त्यसपश्चात् डिस्ट्रिक्ट ४१ को हिस्सा भएकाले विगतका केही वर्षयता क्लबहरु विस्तारको क्रम बढ्ढो रहेको छ । बैंक, शैक्षिक संस्था, पर्यटन उद्यमी, चार्टर्ड एकाउन्टेन्ट, शिक्षक, महिला, उद्यमी र अन्य कार्यरत व्यवसायी गरेर हाल ५२ वटा क्लब र एक हजार तीन सयभन्दा बढी सदस्यहरु छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया