हिरो मोटोकर्पका तीन उत्पादन नेपालमा सार्वजनिक
काठमाडौं । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले आफ्ना तीन लोकप्रिय उत्पादनहरु नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बीएस– छैठौं संस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी नेपालमा ल्याएको हो ।
हिरो मोटोकर्पको बीएस– छैठौं उत्पादनहरुमा एक्सेन्स प्रविधिजस्ता सुविधा उपलब्ध छन् । नयाँ उत्पादनहरु एक्सपल्स २०० फोरभी चार लाख ५० हजार रुपैयाँ, ग्लामर एक्सटेक दुई लाख ७६ हजार रुपैयाँ र म्यास्ट्रो एज १२५ दुई लाख ६६ हजार रुपैयाँमा नेपालमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । नेपालमा बीएस– छैठौं सेगमेन्टमा विस्तारले यस क्षेत्रमा मोटरसाइकल र स्कुटर सेगमेन्टमा हीरो मोटोकर्पको उपस्थिति अझ सुदृढ हुने कम्पनीको भनाइ छ ।
एक्सपल्स २०० फोरभी, कम्पनीका अनुसार एक्सपल्स २०० फोरभी २०० सीसीको बीएस–सिक्स आयल कू्ल्ड इन्जिनद्वारा सुसज्जित छ, जसले ८५ सय आरपीएममा १९.१ पीएसको ऊर्जा उत्पादन गर्छ र ६५ सय आरपीएममा १७.३५ एनएमको टर्कसहितको पावर प्रतिफल उत्पादन गर्छ । साथै यसमा तापको राम्रो व्यवस्थापनको लागि, सात पखेटावाला तेल कुलरको सुसज्जित कुलिङ प्रणाली रहेको छ । एक्सपल्स २०० फोरभीले अधिक दूरीको लागि एक आरामदायी सवारी ग्यारेन्टी गर्दछ । यसले स्मार्टफोन कनेक्टिभिटी र कल अलर्ट, टर्न–बाइ–टर्न नेभिगेसन, गियर इन्डिकेटर, इको मोड र मानक प्रस्तावको रूपमा दुई ट्रिप मिटर र सिंगल च्यानल एबीएस जस्ता सेगमेन्ट–फस्र्ट विशेषताहरू छन् ।
यस मोटरसाइकलमा लङ सस्पेन्सन ट्राभल –१९० एमएम फ्रन्ट र १७० एमएम रियर साथै २१ इन्च फ्रन्ट र १८ इन्च रियर स्पोक ह्विल रहेको छ । चट्टाने र जोखिमयुक्त भू–भागहरूमा समस्यामुक्त यात्रा सवारी सुनिश्चित गर्नको लागि मोटरसाइकलमा इन्जिनलाई जोगाउने आल्युमिनियम स्किड प्लेट, अधिकतम पकड र नियन्त्रणको लागि नयाँ दाँत भएको ब्रेक प्याडल र गहिरो पानीको सतह पार गर्न सक्षम बनाउने अपस्वेप्ट निकासले सुसज्जित छ ।
दोहोरो प्रयोगयुक्त टायर (डुअल पर्पज टायर), १० स्टेप एडजस्टेबल मोना–सक सस्पेन्सन, ८२५ एमएमको पहुँचयोग्य सिट उचाइ र २२० एमएमको हाई ग्राउन्ड क्लियरेन्सले साहसिक राइडरका लागि राम्रो राउन्ड प्याकेज प्रदान गर्दछ । राम्रोसँग इञ्जिनियरिङ गरिएको च्यासिस सेटअपका कारण एक्सपल्स २०० फोरभीले दैनिक यात्राको लागि होस् वा ग्रामीण–सडक (कन्ट्री रोड्स)मा वा अफ–रोड भू–भागमा आनन्ददायक यात्राको लागि उत्कृष्ट सवारी अनुभव प्रदान गर्दछ । नयाँ एक्सपल्स २०० फोरभी तीन नयाँ रोमाञ्चक रंगहरु ट्रेल ब्लू, ब्लिट्ज ब्लू, र रेडमा उपलब्ध छ ।
ग्ल्यामर एक्सटेक, ग्ल्ययामर एक्सटेकले फर्स्ट–इन सेग्मेन्ट, ‘इन्टिग्रेटेड यूएसबी चार्जिङ’, ब्लुटुथ कनेक्टिभिटी विथ कल एन्ड एसएमएस अलर्ट र टन–बाइ–टर्न नेभिगेसन प्रदान गर्दछ । हाइ लेभल क्लस्टर विशेषतामा गियर पोजिसन इन्डिकेटर, इको मोड, ट्याकोमिटर र रियल टाइम माइलेज सूचक (आरटीएआई) रहेको छ । यस्तै मोटरसाइकलमा साइड–स्ट्यान्ड भिजुअल संकेत र सेगमेन्ट–फस्र्ट ‘साइड–स्ट्यान्ड इन्जिन कट अफ’ छ । साथै यसमा ग्ल्यामर एक्सटेकमा बैंक–एंगल सेन्सर पनि छ, जसले खस्दा इन्जिनलाई काट्छ । रियर ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक अब्जर्भर सस्पेन्सन, फ्रन्ट २४० एमएम डिस्क ब्रेक, फराकिलो रियर टायर र १८० एमएमको ग्राउन्ड क्लियरेन्सले वास्तविक सडक उपस्थितिको साथ भरपर्दो र दिनभरि राइडिङको आराम प्रदान गर्दछ ।
नयाँ ग्ल्यामर एक्सटेकले उज्यालोप्रेमी युवाका लागि एलईडी हेडल्याम्प र एच–सिग्नेचर पोजिसन ल्याम्पसहित लागि चम्किलोपनमा सेगमेन्टकै सबैभन्दा बढी (३४ प्रतिशत बढी हेडलाइट उज्यालोपन) स्टाइल प्रदान गर्दछ । नयाँ म्याट रङका लागि थ्रीडी ब्रान्डिङ, रिम टेप र नीलो एक्सेन्टहरूले समग्र आकर्षण बढाउँछ । ग्ल्यामर एक्सटेक, एक्ससेन्स प्रोग्राम्ड फ्युल इन्जेक्सनयुक्त १२५ सीसी बीएस–सिक्स इन्जिनद्वारा सञ्चालित छ र यो सात प्रतिशत अधिक इन्धन किफायती छ । इन्जिनले ७५०० आरपीएममा १०.७ बीएचपी र ६००० आरएपीएममा १०.६ एनएम टर्क उत्पादन गर्दछ । हीरो मोटोकर्पको क्रान्तिकारी आई३एस (आईडल स्टार्ट–स्टप सिस्टम) को विशेषता, अटो सेल टेक्नोलोजीसँगै, ग्ल्यामर एक्सटेकले आफ्नो ब्रान्डको कार्यसम्पादन र आरामको प्रतिज्ञा पूरा गर्दछ ।
मेस्ट्रो एज १२५, नयाँ मेस्ट्रो एज १२५ पूर्ण रूपमा नयाँ चम्किलो हेडल्याम्प, कुशल फ्रन्ट डिजाइन, नयाँ स्पोर्टी डुअल टोन स्ट्राइप संरचना, मास्क गरिएको विंकर र नयाँ प्रिज्म्याटिक रङहरू लगायत नयाँ डिजाइन तत्वहरूसहित प्याकेजिङ गरिएको छ । मेस्ट्रो एज १२५ मा ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्ण डिजिटल स्पिडोमिटर रहेको छ । यसमा पासकीसँग पेरिङ, उत्कृष्ट डिस्प्लेसहित टर्न–बाइ–टर्न नेभिगेसन, मिस कल अलर्ट, इनकमिङ कल अलर्ट, आरटीएमआई (रियल–टाइम माइलेज इन्डिकेसन), इको इन्डिकेटर र लो फ्युल इन्डिकेटर जस्ता सुविधाहरू प्रदान गर्दछ ।
मेस्ट्रो एज १२५ छवटा रंगहरू क्यान्डी ब्लेजिङ रेड, प्यान्थर ब्ल्याक। पर्ल सिल्भर व्हाइट, म्याट टेक्नो ब्लू, प्रिज्म्याटिक येलो र प्रिज्म्याटिक पर्पलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । मेस्ट्रो एज १२५ ‘एक्ससेन्स टेक्नोलोजी’ सहित १२४.६ सीसी बीएस– सिक्स, अनुसारको ‘प्रोग्राम्ड फ्युल इन्जेक्सन इन्जिन’द्वारा सञ्चालित गरिएको छ । यसले ७०० आरपीएम ९ बीएचपीको पावर आउटपुट र ५५०० आरपीएम १०.४ एनएम ‘टर्क अन डिमान्ड’ प्रदान गर्दछ ।
यस्तै कम्पनीले बहुप्रतिक्षित सवारी अनुभव, एक्सट्रायल्स, काठमाडौमा आयोजना गरेको छ । यो आयोजनाले चालकहरुलाई साहसिक एवं किफायती मोटरसाइकल एक्सपल्स २०० फोरभीलाई विशेष तबरले तयार गरिएको कच्चीबाटोमा अनुभव गर्ने एक रोमान्चक अवसर प्रदान गर्नेछ । यो कार्यक्रम भक्तपुरको सल्लाघारीमा आईतबारबाट शूरु भएको र बुधबारसम्म संचालन हुनेछ । एक्सट्रायल्सको साथसाथै कम्पनीले एक्सचेन्ज कार्निभल समेत आयोजना गर्ने जनाएको छ ।
नेपालमा उपलब्ध हीरो मोटोकर्पका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, प्यासन प्रो, एचिभर, एक्स्ट्रिम स्पोर्टस्, करिज्मा जेडएमआर, एक्स्ट्रिम २०० आर, प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५, एक्सप्लस २०० टी, ग्ल्यामर एक्सटेक, मास्ट्रो ऐज १२० तथा फ्लागसिप एक्सपल्स फोरभी २०० रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया