भायनेटको नयाँ रिफरल योजना
काठमाडौं । भायनेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेटसँगै एमआईको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन् ।
यो योजनाअन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्रि पाउने कम्पनीले जनाएको छ । साथै ९० दिनभित्र कुनै पनि भायनेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायनेटको अल्ट्रा–फाई प्याक सफलतापूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेटसँगै एमआईको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् ।
ग्राहकले रिफरल इनामको लागि योग्य हुन उसले रिफर गरेको व्यक्तिले छ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ । भायनेटका ग्राहकले आफ्नो रिफरलबापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन् । कम्पनीका अनुसार ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग–इन गरी आफ्नो फ्रि इन्टरनेट दाबी गर्न सक्नेछन् । भायानेटले प्रत्येक हप्ता एमआईको डुअल ब्याण्ड राउटर पाउन सफल रिफररहरूलाई आफ्नो इनाम संकलन गर्न सम्पर्क गर्नेछ ।
भायनेटले नेपालका सबैजसो मुख्य सहरहरूमा विभिन्न प्याकेजहरूमार्फत गुणस्तरीय इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ । भायानेटले अल्ट्रा–फाई लाइन अपअन्तर्गत सुपथ मूल्यमा उच्चगतिको इन्टरनेट दिँदै आएको जनाएको छ । विशेष गरी धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवामा १७५ एमबीपीएसको इन्टरनेटसँगै दुईवटा भायाटिभीहरू पनि उपलब्ध छन् ।
यसको मूल्य प्रतिमहिना मात्र एक हजार दुई सय ५० रुपैयाँ छ । भायानेटले यस नयाँ रिफरल योजनामार्फत आफ्नो ग्राहकवर्गमा थप उत्साह भर्ने आशा लिएको छ । यो अफर सीमित अवधिको लागि मात्र रहने भएकाले सुविधाको लाभ उठाउन तुरुन्त सम्पर्क गर्न भायनेटले आग्रह समेत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया