बुटवलमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’
काठमाडौं । लुम्बिनी प्रदेशको बुटवलमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना हुने भएको छ । बुटवल सिटी सेन्टरमा बुधबार हुने फेस्टमा डिजिटल स्टार्टअप, इन्नोभेसन र आइडियाहरुको विशेष प्रस्तुति रहनेछन् । साथै कार्यक्रममा प्रदर्शनी, पिचिङ, मेन्टरिङ सेसनहरु सञ्चालन हुनेछन् ।
आयोजकका अनुसार बुटवल सिटी सेन्टरमा बिहान ११ बजेदेखि स्टार्टअप फेस्ट कार्यक्रम आयोजना हुनेछ भने सोही स्थानको पाल्म होटलमा दिउँसो २ः३० देखि डिजिटल लुम्बिनी संवाद कार्यक्रमको आयोजना हुनेछ । प्रदेशमा रहेका स्थानीय स्टार्टअपहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानी समेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना भइरहेको आयोजक संस्था लिभिङ विथ आईसीटीले जनाएको छ । पहिलो कार्यक्रम गत शुक्रबार गण्डकी प्रदेशअन्तर्गत पोखरामा थियो ।
यस कार्यक्रममा स्थानीय स्टार्टअप तथा विद्यार्थीहरुका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिनेछ । सहभागीहरुले आफ्नो आइडिया वा प्रोजेक्टबारे विज्ञ छनौट समितिसामु प्रस्तुति दिनेछन् । यसैगरी उनीहरुले आइटी क्षेत्रका सफल स्थानीय तथा काठमाडौंका उद्यमीहरुबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन् । आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट पाँच स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा बिजनेस इन्क्युवेसनमा सहभागी गराउने जनाएको छ ।
छनौट भएका केही स्टार्टअपहरुले बैंकले उपलब्ध गराउने सहुलियतपूर्ण ऋण सुविधा र लगानीको लागि अवसर प्राप्त गर्नेछन् । स्टार्टअपहरुले आवश्यक प्रविधि, कानुनी सहायता र व्यापार प्रवर्द्धनको लागि निःशुल्क परामर्श तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । हरेक प्रदेशका उत्कृष्ट एक स्टार्टअपलाई आईसीटी अवार्ड २०२२ को ग्रान्ड फिनालेमा सम्मान पनि गरिनेछ । लुम्बिनी प्रदेशमा कार्यक्रममा कम्तीमा ३० बढी स्टार्टअपहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाहरुको उपस्थितिमा डिजिटल रुपान्तरणमा लुम्बिनी प्रदेश विषयमा विशेष अन्तक्र्रिया तथा संवादको आयोजना हुनेछ । कार्यक्रममा स्टार्टअप तथा विद्यार्थीका प्रोजेक्टहरुलाई प्रदर्शनीमा निःशुल्क समावेश गरिएको छ भने सहभागीको लागि पनि कुनै शुल्क राखिएको छैन ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया