डाबरले ल्यायो ‘रियल पेट’
काठमाडौं । फ्रुट जुसको विधामा बजार अग्रणी डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा पनि उपलब्ध हुने कम्पनीको भनाइ छ । डाबर नेपालका व्यवसाय प्रमुख एचएस बेदीका अनुसार नेपाली उपभोक्ताहरुलाई नवीनतम उत्पादनबाट खुसी राख्ने निरन्तर प्रयासकै यो एउटा उपज हो ।
रियल पेटलाई टेष्ट द फन ट्यागलाइनका साथ स्वादिलो÷टेष्टी र फन जुसको रुपमा परिचित गरिएको छ । साथै यसलाई अन द गोमै हुने युवाहरु प्रति लक्षित गरिएको छ । सिनेजगत्की प्रख्यात अभिनेत्री आँचल शर्मा र चिर–परिचित गायक सुशान्त केसीलाई मिलेनियलहरुसँग कनेक्ट भएको कारणले ब्राण्डले सेलिब्रटी अनुमोदनकर्ताको रुपमा लिएको छ । डाबर नेपालका मार्केटिङ्ग प्रमुख अभय प्र. गोर्खालीका अनुसार रियल पेट बोतलको लन्च गहन बजार अनुसन्धानको प्रतिफल हो, जहाँ उपभोक्ताको पेट बोतलप्रतिको लगाव ज्यादै उच्च थियो ।
यसको प्याकेजिङलाई विस्तारित गरी नयाँ आकर्षक स्वरुप– पेट बोतलमार्फत नेपाली उपभोक्ताहरुको मुखै रसाउने स्वादिलो फ्रुट जुस प्रदान गर्नु कम्पनीको दायित्व पनि रहेको उनले बताए । आकर्षक मूल्य र गुणस्तरीय उत्पादनको साथ प्रस्तुत गरिएको रियल म्याङ्गो पेटका साथ कम्पनीले बजारका अन्य साधारण सफ्ट ड्रिङ्क्सको केही मार्केट सेयर लिने लक्ष्य लिएको जनाएको छ । कम्पनीका अनुसार नयाँ पेट २०० एमएल, ५०० एमएल र एक लिटर बोटलमा क्रमशः ३५ रुपैयाँ, ८५ रुपैयाँ र एक सय ५० रुपैयाँमा उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया