भिभोले वाई सिरिजमा दुई नयाँ स्मार्टफोन सार्वजानिक गर्ने
काठमाडौं । भिभोले चाँडै आफ्नो युवा उन्मुख वाई शृंखलाअन्तर्गत–दुई उत्कृष्ट मोडल वाई३३ एस र वाई ०१ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । सार्वजनिक हुनलागेका वाई सिरिजका स्मार्टफोनहरू प्रयोगकर्ताहरुका लागि समान गुणस्तरीय र नवीन सुविधाहरूको साथ आउने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार भिभोको वाई ३३ एसमा उत्कृष्ट ५० एमपी मुख्य क्यामेरा छ, जसमा फोटोग्राफरहरू, सामग्री सिर्जनाकर्ताहरू र सामाजिक सञ्जाल उत्साहीहरूले सम्भव भएसम्म हरेक पल कैद गर्न सक्नेछन् । अल्ट्रा–क्लियर शटहरू लिन तथा दिन र रातमा फोटोहरु खिच्न धेरै शुटिङ मोडहरू पनि यसमा छन् । यसका साथै यो स्मार्टफोनमा ठूलो ब्याट्री छ, जुन पाँच हजार एमएएच हुने बताइएको छ । यसले प्रयोगकर्ताहरूलाई ब्याट्री सकिने चिन्ताबाट मुक्त गराउँदै सबै अविस्मरणीय क्षणहरू खिच्नसक्ने सुनिश्चितता गर्दछ । स्टाइल तथा स्लिक स्मार्टफोनहरूमा स्विच गर्न चाहने पछिल्ला पुस्ताका लागि भिभोसँग सबैभन्दा स्टाइलिस र ट्रेन्डी स्मार्टफोनहरू सार्वजनिक गर्ने इतिहास छ, जसले सुलभ मूल्यमा उत्कृष्टता प्रदान गर्दछ ।
यसबाहेक, क्रिस्प र इमर्सिभ गेमिङ तथा कन्टेन्ट उपभोग अनुभवको लागि फोनमा ६.५१ इन्चएचडी प्लस हेलो फुलभ्यू डिस्प्ले रहेका जनाइएको छ । सुरक्षाको सन्दर्भमा, यो फोन भिभोको अत्यधिक सक्षम फेस एक्सेस टेक्नोलोजीको साथ आउने बताइएको छ । यसले फोनलाई आँखा झिम्क्याउनसक्ने भन्दा छिटो अनलक गर्छ र हरेक पटक आकर्षक रूपमा काम गर्छ । भिभोको वाई सिरिजका फोनहरूले विगतका प्रदर्शनहरुलाई ध्यानमा राख्दै यी नयाँ स्मार्टफोनहरू शीर्ष प्रदर्शनकर्ताहरू हुने विश्वास लिएको छ । वाई सिरिजले हालैका वर्षहरूमा आफ्नो लागि राम्रो नाम कमाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया