Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ वर्षमा सामसङको आकर्षक छुट योजना

नयाँ वर्षमा सामसङको आकर्षक छुट योजना


काठमाडौं । सामसङ नेपालले नयाँवर्ष २०७९ को उपलक्ष्यमा ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपालि’ योजना सञ्चालन गरेको छ । गत चैत ११ देखि सुरु भएको यो योजना आगामी जेठ १ गतेसम्म अथवा स्टक रहुन्जेलसम्म ग्राहकहरुले सामसङका टिभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजना सामसङको टिभी, रेफ्रिजेरेटर र वासिङ्ग मेसिन खरिदमा लागू गरिएको छ । यसअनुसार सामसङको लाइफस्टाइल टिभी द फ्रेम, खरिद गर्दा प्रारम्भिक क्यास ब्याक प्राप्त गर्न सकिन्छ । १०० प्रतिशत कलर भोल्युम क्वान्टम डट प्रविधिको क्यु एल ईडी टिभी २० प्रतिशतसम्म र सबैभन्दा लोकप्रिय क्रिस्टल ४ के यूएचडी टिभी २० प्रतिशतभन्दा ज्यादा छुटमा उपलब्ध छ । कम्पनीका अनुसार पीसी मोड, म्युजिक सिस्टमजस्ता विशेषताहरुले नौलो रोमाञ्चक अनुभूति प्रदान गर्ने सामसङ स्मार्ट टिभीमा अधिकतम २५ प्रतिशतसम्म छुट पाइन्छ ।

यसैगरी सामसङको नवीन ५७९ लिटर क्यापासिटीको कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर, ३१४ लिटर क्षमताको कर्ड माइस्त्रोे, र डिजिटल इन्भर्टर डबल डोर रेफ्रिजेरेटरहरु र सिंगल डोर रेफ्रिजेरेटरहरु २२ प्रतिशतसम्मको क्यासब्याक अफरका साथ उपलब्ध छन् । यस्तै, आठ किलो, नौ किलो र १२ किलो कपासिटीमा उपलब्ध हाइजिन स्टिमयुक्त सामसङ फ्रन्ट लोड वासिङ मेसिन, आठ र १२ किलो कपासिटीमा उपलब्ध ए आईइको बबल वासर ड्रायर, सात किलो तौल कपासिटीको सामसङ टप लोड डिजिटल इन्भर्टर प्रविधि र सात किलो क्यापासिटीमा पाइने डायमन्ड ड्रम प्रविधियुक्त सामसङको टप लोड वासिङ मेसिनहरुमा पनि योजना अवधिभर १७ प्रतिशतसम्म क्यास ब्याक प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टिभीमा एक वर्ष वारेन्टी र थप एक वर्ष वारेन्टी प्यानलहरुमा दिइएको छ । डीआईटी कम्प्रेसर (रेफ्रिजेरेटर) र एसीमा १० वर्ष, डीआईटी मोटर (वासिङ्ग मेसिन) मा १० वर्षको वारेन्टी छ । आईएसओ १५५०२ मापदण्ड प्रयोग गरिएको आन्तरिक परीक्षणको आधारमा उपकरणहरुलाई इलेक्ट्रिकल, इलेक्ट्रोनिक एण्ड इन्फर्मेसन टेक्नोलोजिज एसोसिएसन, जर्मनीले २१ वर्ष टिक्ने प्रमाणपत्र प्रदान गरेको छ । सामसङले ग्राहकको सुविधाका लागि योजना अवधिभर खरिद गरिएका केही चुनिएका प्रमुख उपकरणहरु निःशुल्क जडान गरिदिने व्यवस्था समेत गरेको छ । यो योजना हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारमातहतका नेपाल अधिराज्यभर रहेका आधिकारिक बिक्रेतामार्फत लागू गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x