Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोटोन मोटर्सले इलेक्ट्रिक भ्यान नेपालमा ल्याउँदै

फोटोन मोटर्सले इलेक्ट्रिक भ्यान नेपालमा ल्याउँदै


काठमाडौं । फोटोन मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कुल भ्यान केही महिनाभित्रै नेपाली बजारमा ल्याउने भएको छ ।

फोटोनका यी भ्यानहरु १०० किलोवाट (१३६ एचपी) भन्दा बढी इन्जिन क्षमताको रहेका छन् । यी भ्यानहरुको रेञ्ज सिंगल चार्जमा २५० किलोमिटर छ । आजको विश्वको मुख्य चुनौती वातावरण प्रदूषण हो, बिजुली गाडीबाट वातावरण प्रदूषण नगन्य मात्रामा हुने भएकोले गर्दा अबको फोटोनको यात्रा बिजुली गाडीतिर बडी केन्द्रित हुनु सकारात्मक छ । फोटोन मोटर्सले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याउने भएको हो ।

वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट उत्पादित यस्ता प्रकारका भेहिकलप्रति उपभोक्ताहरुको राम्रो ध्यानाकर्षण भइरहेको र मागहरु बढ्दै गइरहेको तथ्य पछिल्लो बजार तथ्यांकले पनि दर्शाएको छ । बिजुली आपूर्ति सहज हुँदा डिजेलभन्दा बिजुली गाडी सञ्चालन खर्च कम हुने अन्तर्राष्ट्रिय अध्ययनहरुले प्रमाणित गरिसकेको छ ।

लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाइकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरुभन्दा धेरैमाथि रहेको अवस्था छ । उत्पादन संख्या धेरै भएको चीनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x